न्यू एभरेष्ट एकेडेमी बागलुङको १८ औं वार्षिकोत्सव


आदर्श अनलाईन, बागलुङ
बागलुङ नगरपालिका–१ रामरेखा स्थित न्यू एभरेष्ट एकेडेमी बागलुङको १८ औं वार्षिकोत्सव विविध कार्यक्रगरी मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभाका उपसभामुख बिना कुमारी थापाले आजको शिक्षा देश विकासको लागि योगदान गर्ने खालको हुन आवश्यक रहेको बताउनुभएको छ ।



देश विकासमा योगदान पु¥याउने जनशक्ति उत्पादन गर्नका लागि शैक्षिक संस्था अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । न्यु एभरेष्ट एकेडेमी बागलुङको १८ औं वार्षिकोत्सव, विद्यार्थी तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उपसभामुख थापाले शिक्षालाई व्यवहारिकतामा जोड्दै देश विकासमा खर्चन सक्ने जनशक्ती उत्पादन गर्नुपर्ने बताउनु भएको हो ।

“असल नागरिक बन्न प्रेरित गर्दै विदेश पलायन हुँने जनशीक्त भन्दा देश विकासमै खर्चन सक्ने जनशक्ति उत्पादन गर्न आवश्यक छ” थापाले भन्नुभयो “रोजगारीका लागि विदेश होइन स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा नीति अबलम्वन गर्नुपर्छ ।”



बहसमा रहेको संघीय शिक्षा ऐनले निजी क्षेत्रका विद्यालयहरुलाई सम्बोधन गर्नुपर्ने बताउँदै थापाले विश्वमा बिक्ने जनशक्ति उत्पादन गर्ने शिक्षा नीति अबलम्बन गर्न सकेमात्र देशमा बढ्दै गइरहेको शैक्षिक बेरोजगार र विदेश पलायन रोक्ने सकिने धारणा व्यक्त गर्नुभयो ।

नेपालको शिक्षा क्षेत्रमा संस्थागत विद्यालयहरुले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै थापाले संस्थागत विद्यालयका जायज मागलाई सरकारले पनि सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उच्च शिक्षा र रोजगारीका लागि भविष्यमा विदेशनै जाने सोच बनाएका युवा जनशक्तिलाई देशमै केही गर्ने लक्ष्यका साथ अध्ययन गर्ने वातावरण बनाउन समयसापक्षे शिक्षा नीति अवलम्बन गर्न अब ढिलाई गर्न नहुँने धारणा व्यक्त गर्नुभयो ।



कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णराज अधिकारीले विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेल, अधिवक्ता ममतादेवी शर्मा, विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतम, बानपा १ का वडासदस्य शान्तिदेवी शर्मा, अभिभावक धनबहादुर परियार, एन प्याब्सनका केन्द्रीय सदस्य बालकृष्ण शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिद्यार्थीहरु सुहाना पन्त, सुमन गौतम, डेनिस क्षेत्री र अनुषा कंडेलले विद्यार्थीको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक माधव चापागाईको संचालन र शिक्षक सुनिता क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *