धार्मिक सहिस्ष्णुता खल्बलाउन हुँदैन : मुख्यमन्त्री पाण्डे


आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धर्मका नाममा सहिस्ष्णुता खल्बलाउन नहुँने बताउनुभएको छ । उहाँले धार्मिक सहिस्ष्णुता खल्बलाउन प्रयत्न भइरहेको संकेत गर्दै धार्मिक सहिष्णुता खल्बलाउन नदिन सचेत रहनुपर्ने बताउनुभयो ।

उहाँले शैक्षिक संस्थाको भौतिक संरचना पछि गुणस्तरमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
आजदेखि बागलुङको गलकोटमा गलकोट बहुमुखी क्याम्पसले आयोजना गरेको शैक्षिक ज्ञान महायज्ञ २०८० को उद्घाटन पछि बोल्दै मुख्यमन्त्री पाण्डेले शैक्षिक क्षेत्रको भौतिक पूर्वाधारमा गण्डकी प्रदेश सरकारले लगानी गर्ने बताउदै भौतीक पूर्वाधारपछि गुणस्तरमा वृद्धि नभए पूर्वाधारहरु खाली हुँने अवस्था आउने बताउनुभयो ।

गलकोट क्याम्पसको स्तरवृद्धिका लागि फागुन १३ गते सम्म आयोजना गरिएको शैक्षिक ज्ञान महायज्ञ २०८० ले धार्मिक प्रसार संगै शैक्षिक धरोहरलाई गुणस्तर बनाउन सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको भनाई छ ।

“ज्ञान महायज्ञले धर्मको प्रसार समेत गर्छ, अहिले धार्मिक अराजकता भित्रिएको छ, धार्मिक सहिष्णुता कायम गर्नका लागि महायज्ञले सहयोग पु¥याउछ,” पाण्डेले भन्नुभयो “गलकोटमा रहेको क्याम्पसको स्तरवृद्धिमा महायज्ञले सहयोग पु¥याउछ, क्याम्पसको डिपिआर बनाउनु, भौतिक संरचनामा गण्डकी प्रदेश सरकारले लगानी गर्छ ।”

उहाँले गलकोट बहुमुखी क्याम्पसको भौतिक संरचना निर्माण गर्नका लागि लागि गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । बागलुङको गलकोट बहुमुखी क्याम्पस गलकोट नगरपालिका वडा नम्वर ३ हटियाले आयोजना गरेको श्रीमद्धभागवत् शैक्षिक ज्ञान महायज्ञमा संकलन भएको रकमले गलकोट बहुमुखी क्याम्पसको स्तरवृद्धि गर्दै गुणस्तरीय शिक्षा प्रदना गर्ने लक्ष्य लिइएको छ ।

मुख्यमन्त्री पाण्डेले गलकोट बहुमुखी क्याम्पसले जग्गा व्यवस्थापन गरे भौतिक संरचना निर्माण गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउनुभएको हो । उहाँले नेपाल धार्मिक सहिष्णुता भएको देश रहेको बताउँदै धर्मको नाममा पछिल्लो समय भ्रम फैलाउने कार्यहरु बढ्दै गएकोले त्यस्ता कार्यहरु नगर्न र सचेत रहन समेत आग्रह गर्नुभएको थियो ।

मुख्यमन्त्री पाण्डेले परम्परागत रुपमा रहेका संस्कार संस्कृतिहरु लोप हुने अवस्थामा रहेकोले विभिन्न खालका धार्मिक महायज्ञ पुराना संस्कार सस्कृतिलाई जिवन्त राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेको समेत बताउनुभयो । प्रवचनहरुले केवल धार्मिक ज्ञान मात्र नभएर सामाजिक जागरणको पनि चेतना अभिवृद्धि गर्ने बताउँदै, भौतिक संरचना निर्माण गरेर मात्र नहुने बताउदै शैक्षिक गुणस्तरमा जोड दिन क्याम्पसलाई आग्रह गर्नुभयो ।

पछिल्लो समय गाँउ छोडेर शहर केन्द्रित तथा देश छोडेर विदेश जाने क्रम बढ्नप्रति गण्डकी प्रदेश सरकारको गीम्भर ध्यानाकर्षण भइरहेको बताउदै रोजगारी सृजनामा प्रदेश सरकार रहेको बताउनुभयो । २०६१ सालमा धनधान्याञ्चल महायज्ञ गरेर स्थापना गरेको बागलुङको गलकोट बुहुमुखी सामुदायिक क्याम्पसलाई समय सापेक्ष स्तरवृद्धि गर्न थालिएको छ । धान्याञ्चल लगाएर रु. एक करोड ७५ लाख संकलन गरी स्थापना गरिएको गलकोट बहुमुखी क्याम्पसलाई समय सापेक्ष स्तरवृद्धि गर्न थालिएको छ ।

धन्याञ्चलको रकमबाट जग्गा खरिद गरेर भवन निर्माण पछि क्याम्पस सञ्चालन गरिएको थियो । उक्त संकलन गरिएको रकम सकिएपछि आर्थिक अभावका कारण बन्द हुँन थालेको गलकोट बुहुमुखी क्याम्पसलाई २०७३ साल यता गलकोट नगरपालिकाले रु. १० लाख वार्षिक उपलव्ध गराउदै आएको छ ।

क्याम्पसको स्तरवृद्धिका लागि महायज्ञ गर्न थालिएको र महायज्ञबाट रु. २० करोड संकलन गर्ने लक्ष्य रहेको गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्द सिंह भण्डारीले बताउनुभयो ।
गलकोटको हटिया बजारमा रहेको गलकोट बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन र शिक्षाशास्त्र संकायमा अध्यापन भइरहेको छ ।

क्याम्पसलाई स्तरवृद्धि गरी बढ्दो विद्यार्थी पलायनलाई घटाउनका लागि बिएससी एजी, बिआइटी, बिएचएम, बिबिए सहित स्नातकोत्तर अध्यापन गराउने लक्ष्य सहित शैक्षिक ज्ञान महायज्ञ आयोजना गरिएको गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *