तीन वर्षदेखि अलपत्र पुस्तकालय भवन निर्माण हुँदै

आदर्श अनलाइन, बागलुङ
२०७६ सालमा शिलान्यास गरिएको धौलागिरि बहुमुखी क्याम्पसको प्रविधीमैत्री पुस्तकालय तीन वर्ष सम्म अलपत्र जस्तै बन्यो । तीन तला ढलान भएर तीन वर्ष सम्म अलपत्र अवस्थामा रहेको पुस्तकालय भवन यो वर्ष भने पूर्णता पाउने भएको छ । धौलागिरि क्याम्पस पुगेका विद्यार्थीलाई गिज्याइरहेको पुस्तकालय भवन निर्माणले गति लिएको छ । बजेट अभवामा अलपत्र बनेको पुस्तकालय तीन वर्ष पछि पुन निर्माण गर्न थालिएको हो ।

धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा सुविधा सम्पन्न प्रविधिमैत्री पुस्तकालय भवन निर्माणका लागि २०७६ साल फागुन २९ गते शिलान्यास गरिएको थियो । शिलान्यासको दुईवर्षमै हावा ढलान सकिएको पुस्तकालय त्यसपछि बजेट अभवाका कारण हाल सम्म अलपत्र बनेको थियो ।

अहिले पुस्तकालय भवनलाई सम्पन्नता दिलाउनेगरी काम भइरहेको छ । प्रविधिमैत्री पुस्तकालय निर्माण गरी विद्यार्थीलाई पठनप्रति आकर्षण गर्न सो पुस्तकालय निर्माण थालिएको भएपनि तीन वर्ष बजेट अभावमा पुस्तकालय निर्माण ठप्प भएको धौलागिरि बुहुमुखी क्याम्पसले जनाएको छ ।

तत्कालिन संघीय सांसद डा. सुर्य पाठकको सांसद विकास कोष अन्र्तगत रु. ७० लाख लागतमा ठडिएको भवन तीन वर्ष यता बजेट अभावमा काम अगाढी बढ्न नसकेको भएपनि अहिले त्रिभुवन विश्व विद्यालयकै बजेटले पुस्तकालय भवनलाई सम्पन्न गर्नका लागि काम थालिएको धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रध्यापक डा. राम प्रसाद उपाध्यायले बताउनुभयो ।

उपाध्यायका अनुसार सांसद विकास कोष खारेज भएपछि भवन निर्माण कार्य ठप्प भएपनि अहिले उक्त भवनमा पर्खाल लगाउने काम थालिएको हो । आगमी वर्ष भित्रै भवन निर्माणलाई सम्पन्नता गर्ने गरी भवनको काम थालिएको छ । धौलागिरि क्याम्पस प्राङ्गणमा ठडिएको क्रंकिटको भवन तीन वर्ष यता काम नभएर अलपत्र परेपछि त्रिभुवन विश्वविद्यालयको बजेटमा भवन निर्माणलाई अगाढी बढाइएको छ ।

“सांसद विकास कोषको २०७६ सालमा रु. ४० लाख र २०७७ सालमा रु.३० गरी ७० लाख रकममा भवनको बाहिरी संरचना मात्रै बन्यो, तर समग्रमा भवनको ४० प्रतिशत मात्रै काम हो यो” उपाध्ययले भन्नुभयो “भवन अलपत्र परेपछि हामीले बजेटका लागि विभिन्न ढंगले पहल ग¥यौं, अन्नत त्रिभुवन विश्व विद्यालयलेनै पुस्तकालयको भवन निर्माण सम्पन्न गर्न रु. एक करोड बजेट दियो, अहिले ठेक्का मार्फत भवन निर्माणको काम पुन शुरु भएको छ, चालु आर्थिक वर्षमा पूर्णता पाउनेगरी धमाधम इटाको पर्खाल लगाउने काम भइरहेको छ ।”

अहिले निर्माण भएको तीन तलामाथी ट्रस्टसमेत निर्माण गरेर चारतलाको पुस्तकालय बनाउने क्याम्पसको योजना अनुसार काम थालिएको हो । यो आर्थिक वर्ष भित्रै अलपत्र भवनको काम थालेर सक्छौं, भवनको चारैतिर पर्खाल, झ्याल ढोका, पार्टेशन लगायतको काम नहुँदा भवन अस्थिपञ्जर जस्तै थियो ।

प्रविधिमैत्री पुस्तकालयमा २५ थान कम्प्युटर जडान गरेर सफ्टवयर मार्फत अध्ययन गर्न सकिने व्यवस्था मिलाइने गरी भवन मिर्नाण गर्न थालिएको हो । उक्त भवन अपाङ्गमैत्री पुस्तकालय समेत बन्ने रहेको छ । धौलागिरि बुहुमुखी क्पाम्पसमा पुरानो पुस्तकालय भए पनि हालको आवश्यकता अनुसार प्रविधिमैत्री पुस्तकालय बनाउन थालिएको हो ।

विद्यार्थीका लागि पठनयोग्य सामग्री सफ्टवेयरमार्फत कम्प्युटरमा राखेर अध्ययन गर्न मिल्ने गरी पुस्तकालय तयार हुनेछ । उक्त भवनको हावा ढलानको काम माछापुच्छे्र निर्माण सेवाले गरेको थियो । क्याम्पसका अनुसार पुस्तकालयमा प्राविधिक सहयोग गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले सहयोग गर्ने भनेपनि सहयोग नआएपछि भवन अलपत्र परेको थियो । २०७७ सालभित्रै पूर्णता पाउने भनिएको भवन अहिले सम्म बन्न नसकेको थियो । ढिलैभएपनि भवनले पूर्णता पाउनेभएको छ ।

धौलागिरि बहुमुखी क्याम्पसमा हाल शिक्षा, मानविकी, वाणिज्य र विज्ञान सङ्कायमा अध्यापन स्नातक तथा स्नातकोत्तर अध्यापन भइरहेको छ । धौलागिरि क्याम्पसमा वाणिज्य अन्र्तगत बिबिए कार्यक्रम अन्र्तगत देशभरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *