मन र विचार शुद्ध बनाउनुहोस खुसी आफै मिल्छ : डा.योगी विकाशानान्द

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा संस्थाका शेयर सदस्यहरुका लागि एक दिने आध्यात्मिक तनाव व्यवस्थापन प्रशिक्षण शुक्रवार सम्पन्न भएको छ ।

संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको १७ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको तनाव व्यवस्थापन प्रशिक्षण कार्यक्रममा मनोक्रान्ति आश्रमका अध्यक्ष योग गुरु डा.विकासानन्दलले सहजीकरण गर्नु भएको थियो ।

May be an image of 4 people and violin

सहभागीहरुलाई आध्यात्मिक तनाव व्यवस्थापनका बारेमा जानकारी गराउदै उहाँले मानिसलाई बाहिरी संसारबाट नभई आफु भित्रको विचारले तनाव दिने भएकाले विचारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

May be an image of 4 people

हामी अरुले तनाव दियो भनेर अरुका बारेमा चिन्ता गर्छौ, त्यसले झन तनाव बढाउछ, अरुलाई गाली गछौ, अरुलाई दोष लगाउछौ, डा.विकासानन्दले भन्नुभयो, अरुलाई दोष दिनु भन्दा पहिला आफुलाई चिन्ने, आफु भित्र भएका कमजोरीलाई सुधार गर्ने र आफ्नो मनलाई नियन्त्रण गर्न सक्नु नै तनावबाट उन्मुक्ती पाउनु हो ।

May be an image of 4 people

शरीरलाई स्वस्थ तथा तनावमुक्त राख्नका लागि योग, ध्यानसंगै खानपान, आहार विहारमा सुधार गर्नु पर्नेमा उहाँको जोड थियो । संस्थाका एक सय भन्दा बढी संस्थाका शेयर सदस्यहरुलाई डा. विकाशानन्दले ध्यानमा लिन गराउनुभएको थियो । उहाँले सहभागी सबैको सकारात्मक उर्जा मापन गर्दै उर्जा बढाउने विभिन्न विधिहरु अवलम्बन गराउनुभएको थियो ।

May be an image of 9 people, hospital, dais and text

उहाँले सम्मोहन विधिबाट तनाव व्यवस्थापनको विषयमा प्रदर्शनी गर्नुभएको थियो । डा.योगी विकाशानन्दले मन र विचारलाई ठिक पारे बाहिरबाट समस्या नआउने बताउनुभएको थियो । सहभागीहरुलाई आफ्नो मन नियन्त्रण गर्नका लागि विभिन्न विधाहरु सिकाउनुभएको थियो ।

May be an image of 7 people and text

“विचारले दुःख दिन्छ संसारले हैन, विचार बदलौं, विचार शुद्ध बनऔं” उहाँले भन्नुभयो “विचार ठूलो हो, मनलाई नियन्त्रण गर्न आवश्यक छ, मन, मुद्रा र मन्त्रबाट आफूलाई नियन्त्रण गर्न सकिन्छ, नकरात्मक बिचारलाई चिर्न आवश्यक छ ।”

May be an image of 4 people, flute, dais and text

विचारको बाढीलाई रोक्दै चिन्तालाई सदैव हटाउन आवश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुको अध्यक्षता र सह–सम्पादक सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाका सम्पादक राम बहादुर जिसीले संस्थाको संक्षिप्त परिचयसंगै कार्यक्रमको उद्देश्य र प्रभावकारिताका विषयमा जानकारी गराउनु भएको थियो ।

May be an image of 3 people, dais and text that says "आदर्श सज्चार सहकारी संस्था AADARSHA coopadar mail धौलागिरी जागरण दैनिकको १७ वार्षिकोत्सवका अवसरमा शैयर सदस्यहरुका लाणि आयोजित व्यात्मिक तनाव व्यवस्थापन प्रशिक्षण ११ फागुन २०१०"
May be an image of 3 people and people studying
May be an image of 1 person, dais, temple and textMay be an image of 2 people, people studying and crowdMay be an image of 8 people, dais and textMay be an image of 2 people, dais and text that says "दर्श सज्चार सहकारी संस्था SOCIETY गिरी जागरण दैनिकको कोत्सवका अवसरमा दस्यहरुका लागि आयोजित नाव व्यवस्थापन प्रशिक्षण ۹१ फागन २०००"May be an image of 4 people and textMay be an image of 2 people and templeMay be an image of 2 people, dais and text that says "आदर्श सत्चार सहकारी संस्था opadarsha@gm धौलागिरी जागरण दैनिकको वार्षिकोत्सवका अवसरमा शेयर सदस्यहरुका लागि आयोजित आध्यत्मिक तनाव व्यवस्थापन प्रशिक्षण ११ फागुन २०१० DDDEーD"May be an image of 4 people, dais and textMay be an image of 10 people, dais and text

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *