लखन कपमा चार खेल सम्पन्न

आदर्श अनलाइन, बागलुङ
तेस्रो लखन कप विविध खेलकुद तथा सांस्कृति कार्यक्रम २०८० अन्तर्गत शनिबार चार खेल सम्पन्न भएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङको आयोजनामा ४२ औं मगर दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त गण्डकी प्रदेश खुल्ला वडास्तरीय पुरुष भलिवल प्रतियोगितामा चार खेल सम्पन्न भएका हुन् । फागुन १५ गतेसम्म संचालन हुने गरी बागलुङको कालिका उद्यानमा शुरु भएको तेस्रो लखन कप भलिबल प्रतियोगिता अन्तरगत शनिवार भएको पहिलो खेलमा नविन एग्रोेटलाई पराजित गर्दै पपुलर अटो वर्कसप दोस्रो चरणमा प्रवेश गरेको छ ।

पहिलो सेट २५—२३ ले गुमाएको पपुलर अटो वर्कसपले दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पार्दै अघिल्लो चरणको यात्रा सुिनश्चीत गरेको हो । पपुलरले दोस्रो सेट २५-२० र तेस्रो सेट २७-२५ ले आफ्नो पोल्टामा पार्न सफल भयो । दोस्रो खेलमा रोयल बिजी बागलुङ गेष्ट हाउस काठमाडौं विजयी भएको छ । डिपिओ बागलुङका खेलाडी निर्धारित समयमा भलिबल कोर्टमा प्रवेश नगरेपछि रायल बिजी सिधै अर्को चरणमा प्रवेश गरेको हो । तेस्रो खेलमा काठेखोला-१ पालालाई पराजित गर्दै एलके भिलेज लेखानी अघिल्लो चरणमा प्रवेश गरेको छ । एलके भिलेज सोझो सेटमा नजिता आफ्नो पक्षमा पारेको हो । पहिलो सेट २५-२० र दोस्रो सेट २५-२३ मा एलके भिलेजले जितेको थियो ।

चौथो खेलमा बानपा-८ सिगानालाई पराजित गर्दै भिमापोखरा भलिबल संघ अर्को चरणमा प्रवेश ग¥यो । भिमापोखराले पहिलो सेट २५-१८ जित्दा दोस्रो सेट २५-१० ले गुमाउन पुग्यो । तेस्रो सेटमा पुनरागमन गर्दै २५-१७ ले सेट जित्दै खेलको नतिजा आफ्नो पक्षमा पा¥यो । आईतबार बिहान ८ बजेबाट खेल सुरु हुनेछ ।

मगर दिवसको अवसरमा पुरुष भलिवल सहित गण्डकी प्रदेश पालिका स्तरीय महिला भलिवल प्रतियोगिता, तारा खेल प्रतियोगिता, मगर समुदायका लागि मात्र सामुहिक नृत्य, ४० बर्ष माथिका मगर समुदायका लागि मात्र खुल्ला नृत्य, मगर समुदायका लागि मात्र पुरुष छेलो फाल्ने, महिला छेलो फाल्ने र रस्साकस्सी प्रतियोगिता गर्न लागिएको अध्यक्ष श्यामबहादुर पुनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *