नयाँविश्वको सातौँ वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङ

नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँविश्वको सातौँ वार्षिकोत्सव सम्पन्न भएको । बागलुङ बजारमा नयाँ विश्वका विशेषाङ्क विमोचन सम्मान कार्यक्रम गरि सातौँ वार्षिकोत्सव मनाएको हो।

वार्षिकोत्सवको अवसरमा नागरिक सञ्चार प्रालिद्वारा स्थापित ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार– २०८० बाट ग्रामीण क्षेत्रबाट पत्रकारीमा निरन्तर लाग्ने गलकोटपत्र साप्ताहिकका सम्पादक वीरबहादुर चोखाललाई र नयाँ विश्व सम्मान २०८० बाट ताराखोला गाँउपालिका १ भुस्कातका जनप्रेम माध्यमिक विद्यालय, ताराखोलाका प्रधानाध्यापक नइन्द्र बहादुर गुरुङलाई सम्मान गरिएको छ । ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार– २०७९ बाट राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक सम्मानित हुनुभएको छ।

पुरस्कारको राशि दस हजार रुपैँया छ। विसं २००८ मा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’का सम्पादक र प्रकाशक गौचनका नाममा स्थापित पुरस्कार पहिलो पुरस्कार राससकर्मी पाठकलाई र दोश्रो पुरस्कार चोखाललाई प्रदान गरिएको हो ।

त्यस्तै उत्कृष्ट कर्मचारी तर्फ नयाँ विश्वका बजार प्रतिनिधि विपना आचार्यलाई पृरस्कृत गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ अधिवक्ता काजिगाँउले श्रेष्ठले १६ र्औ शताब्दीमा सुरु भएको पत्रकारिताको यात्रा २१ औँ शताब्दीमा पनि उत्तिकै शक्तिशाली रहेको बताउनु भयो।

लोकतन्त्र र गणतन्त्र स्थापनासँगै पत्रकारितालाई थप सहज भएको बताउदै केही मिडियाले पछिल्ला दिनमा केही प्रश्न समेत उव्जाएको बताउनु भयो । अहिले पत्रकारितामा नयाँ अनुहार देखिन छाडेको भन्दै संचार जगत परिक्षणको घडीमा रहेको समेत बताउनु भयो ।

कार्यक्रममा वडिगार्ड गाँउपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले समाचार पकस्ने काम धेरै नै जिम्मेवार विषय भएकोले समाजमा लोकतन्त्र, समाजिक सुधार र सुशासन कायम गर्न संचार जगतले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनु भयो। अधिकारीले सत्य तथ्यमा आधारित समाचार बाहिर ल्याउन पत्रकारले जवाफदेहि भएर काम गर्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठकले २००८ सालमा पत्रिका स्थापना गर्ने ओमकार गौचन र गोविन्दलाल श्रेष्ठले नेपालमै मोफसलको पत्रकारीताको जग बसालेको चर्चा गर्नु भयो । पत्रकारको भूमिकामा खरो रुपले उभिनको लागि पहिला इमान्दार भएर कर्म गर्छु भन्ने दृढ संकल्प गर्नु पर्ने बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य दयाराम पौडेलले आर्थिक मन्दीले उद्योग र व्यापारको क्षेत्र प्रभावित हुँदा त्यसको असर संचारको विज्ञापन क्षेत्रमा परेको बताउनु भयो । त्यसले गर्दा स्थानीय संचार माध्यमहरुलाई दिगो रुपमा चलाउन चुनौती सृजना गरेको उहाँको भनाई थियो । बागलुङको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले स्थानीय तहको विकासको लागि संचार क्षेत्रको पनि महत्वपूर्ण भूमिका भएकोले व्यवसायिक रुपमा संचार माध्यम र पत्रकारहरुको विकासमा सबैले हातेमालो गर्नपर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले नयाँ विश्वले बागलुङको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण स्थान लिन सफल भएको बताउनु भयो । कार्यक्रममा नयाँ विश्वको व्यवसायीक प्रवद्र्धनको महत्वपूर्ण योगदान दिने व्यक्ति, संघसंस्था, उद्योगी, व्यवसायी, वित्तीय कम्पनीहरुलाई कदरपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रयको नयाँ विश्वको बारेमा सम्पादक मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनु हुँदै नयाँ विश्वले मल्टि मिडियालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनु भयो । कार्यक्रम नागरिक सञ्चार प्रालिका अध्यक्ष माधव शर्माको अध्यक्षता, उपाध्यक्ष सुवाशचन्द्र राजभण्डारीको स्वागत र पत्रकार राम थापाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *