सरकार सहकारीको समस्या बल्झाउन लाग्यो : एमाले सांसद पाठक


आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठकले वित्तीय क्षेत्रमा देखिएको समस्याको समाधान गर्न सरकार गंभिर नभएको आरोप लगाउनु भएको छ ।

गण्डकी प्रदेशसभामा आइतवार सून्य समयमा बोल्दै पाठकले आम जनताको नजिकको वित्तीय संस्थाका रुपमा रहेको सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार गंभिर नभएको आरोप लगाउनु भएको हो ।

सहकारीमा देखिएको समस्या समाधानमा सरकार गंभिर देखिएन, बागलुङको इमेज वचत तथा ऋण सहकारीको समस्या समाधानका लागि पीडित शेयर सदस्यहरुले विशेष साधारणसभामार्फत संस्था व्यूताउने निर्णय गरेका थिए, सांसद पाठकले भन्नुभयो,–इमेज सहकारीका अध्यक्ष देव कुमार नेपाली सम्पर्क विहिन भएको ९ महिनासम्म रेड कर्नर नोटिस जारी नगरेको सरकारले सहकारी समस्या समाधान उन्मुख हुदै गर्दा नोटिस जारी गरेर समस्या बल्झाएको छ ।

सहकारीको तथ्यांक समेत राम्रोसंग राख्न नसकेको भन्दै उहाँले सहकारीमा बदमासी गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन, राम्रो गर्नेहरुलाई प्रोत्साहन गर्न तथा सहकारीको नियमनका लागि दक्ष कर्मचारीको व्यवस्थापन गर्न समेत माग गर्नु भएको छ ।

सरकार सहकारीका समस्या समस्या समाधान गर्न गंभिर देखिएन, तथ्यांक संकलन, नियमन तथा अनुगमन र गलत गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउने कार्यमा सरकारको कही कतै भूमिका देखिदैन, सदस्यहरुले समस्या समाधान गर्न पहल गर्दा पनि सरकारको सहयोग नरहेको पाठकको आरोप छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *