ग्रेस इन्टरनेसनलको बागलुङमा द रोड अहेड सिजन २ कार्यक्रम सम्पन्न

रोहन जि.सी, बागलुङ

एजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयोजनमा बागलुङमा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

विद्यार्थी तथा युवाहरुलाई जीवनको मार्गदर्शनका लागि ‘द रोड अहेड’ कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रम शैक्षिक यात्राको रुपमा विभिन्न क्षेत्रमा चर्चित विज्ञ तथा कलाकारहरुले आफ्नो अनुभव र परामर्श गरिएको हो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप-प्रमुख हरिहर शर्माले
टिनएजर युवाहरुलाई लक्षित गरी करियर निर्माणको विषयमा आयोजित यस कार्यक्रमले सकारात्मक प्रभाव पार्नेमा जोड दिनुभयो । नगर उप-प्रमुख शर्माले आफ्नो विद्यार्थी जीवन संगै राजनितिक र करियर सम्बन्धि अनुभव साट्नु भएको थियो ।

कार्यक्रममा व्यक्तित्व विकास, उदयिमान प्रवृत्ति, औद्योगिक माग, सार्वजनिक सेवामा करियर निर्माण लगायतका विषयमा चर्चित हास्य कलाकार मनोज गजुरेल, टेलिभिजनकर्मी आरके धितालले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरूले पछिल्लो समय युवा र विद्यार्थीहरु रोजगार र शैक्षिक गन्तव्यको खोजीमा भौतारी हुँदा परामर्श दिन ‘द रोड अहेड’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिएका छन्।

विद्यार्थीलाई विदेश जानु पर्छ भनेर प्रेरित गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको होइन, नेपालमा पनि अवसर छ, यही पनि केही गर्न सकिन्छ भन्ने प्रेरणा दिनका लागि यो कार्यक्रमको आयोजना गरेको ग्रेस इन्टरनेशनल बागलुङका प्रमुख ओमकार पौडेलले बताउनुभयो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक प्रस्तुती तथा नाटक प्रदर्शन गरेका थिए ।

ग्रेस इन्टरनेशनल बागलुङ शाखाले गत वर्षदेखि बागलुङमा स्थापना भई स्वदेश तथा विदेश पढ्ने विद्यार्थीहरुका लागि परामर्श दिँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *