दादुरा रुबेला खोप अभियानले पूर्ण खोपलाइ पनि सहयोग गर्दै


आदर्श अनलाइन, म्याग्दी

म्याग्दीमा सञ्चालन भएको दादुरारुवेला खोप अभियानको क्रममा नियमित खोप लगाउन छुटेका ५ जना बालबालिकाहरुलाई पनि पूर्ण खोप लगाइएको छ । दादुरारुबेला खोप अभियानका क्रममा खोप केन्द्र अनुगमनको क्रममा मालिका गाउँपालिका र मंगला गाउँपालिकामा एकएक जना नियमित खोप लगाउन छुटेकाहरुलाई पनि खोप अभियानकै क्रममा छुट खोप दिइएको पाइएको हो ।

फागुन १६–२१ सम्म सञ्चालित खोप अभियानका क्रममा नियमित रुपमा १५ महिना भित्र लगाइ सक्नु पर्ने खोप लगाउन छुटेका ति बालबालिकालाई पनि छुट खोप लगाएर पूर्ण खोप पुरा गराइएको हो । बेनी नगरपालिका–८ बेनी अस्पतालमा २ जना बालबालिका डिपिटि खोप लगाउन छुटेका आएको र पात्लेखेत स्वास्थ्यचौकीमा एक जना खोप छुटेको आएका थिए । मंगला गाउँपालिकामा नियमित लगाउन पर्ने खोप छुट भएका २३ महिनाको एक बच्चाले दादुरा रुबेला बिरुद्धको नियमित खोप नलगाएको खोप अभियानमै पूर्ण खोप दिइएको छ । त्यसैगरी मालिका गाउँपालिकाको दरवाङमा जापानिज इन्सेप्लाइटिस बिरुद्धको खोप लगाउन छुट भएकालाई पनि खोप दिइएको छ । नियमित खोप लगाउन छुट भएका दुई जनालाइ पत्ता लगाएर दादुरारुबेला बिरुद्धको खोप अभियानकै क्रममा पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीका अनुसार बेनी नगरपालिकालाई एक हजार छ सय ७२ लक्ष दिइएकोमा दुई हजार एक सय ५९ जनालाई २१ गते सम्म खेप लगाइएको छ । नियमित खोप लगाउन छुट भएका ३ जनालाई पनि नगरपालिका क्षत्र भित्र खोप दिएर पूर्ण खोप बनाइएको पनि उहाँले जानकारी दिनुभयो ।

मंगला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लेखनाथ रोकाका अनुसार मंगला गाउँपालिकालाई दिइएको लक्ष नौ सय २५ रहेकोमा गाउँपालिका भित्रै नौ सय १० जनाले खोप लगाएको र १५ जनाले मालिका गाउँपालिका र बेनी नगरपालिकाको खेपकेन्द्रमा लगाएका छन् । गाउँपालिका भित्रै खोप पाउनेको संख्या हेर्दा ९७ प्रतिशत देखिएको भए पनि खोपबाट कोही पनि नछुटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो हामीले परिवारलाई सम्पर्क गरेका छौं र उहाँहरुले खोप लगाएको जानकार दिनुभएको भए पनि पालिका भित्रै लगाउने लक्ष मात्रै पुरा नभएको हो ।

जिल्लामा सञ्चालित खोप अभियानमा अन्नपुर्ण गाउँपालिकाले पनि लक्षित बालबालिकालाई पूर्ण खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले जानकारी दिनुभयो । पाँच सय ४४ लक्ष दिइएको भए पनि गाउँपालिका भित्रका खोपकेन्द्रबाट पाँच सय ५८ जना बालबालिकाले खोप लगाएका छन् । छिमेकी स्थानियतहका बालबालिकाले पनि अन्नपूर्ण गाउँपालिकामा आएर खोप लगाएको उहाँले बताउनुभयो ।

धवलागिरी गाउँपालिकामा खोपका लागि आठ सय ७६ बालबालिका लक्ष दिइएकोमा आठ सय ३६ जना बालबालिकाले खोप लगाएको गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सम्झना केसीले जानकारी दिनुभयो । केही बालबालिका बिरामी भएको कारणले विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु सँगकै समन्वयमा नलगााएको र केही बालबालिका गाउँपालिका भन्दा बाहिर बस्ने भएकोले हाम्रो पालिका भित्रको खोपकेन्द्रमा खोप संख्या कम देखिएको हो । बिरामी भएर छुटेकालाई उनीहरु निको भए पछि नियमित खोप अभियानमा लगाइने र गाउँपालिका भन्दा बाहिर भएका बालबालिकाहरुले भने यही अभियानै लगाएइका छन् उहाँले भन्नुभयो ।

रघुगंगा गाउँपालिकालाई सात सय २० बालबालिका लक्ष दिइएकोमा सबै जनालाई खोप लगाइएको रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *