जनप्रतिनिधि जनजीविकाको मुद्धामा केन्द्रित हुनुपर्छः सांसद कुँवर

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुँवरले जनप्रतिनिधीले आफनो पार्टी, जातीको स्वार्थमा केन्द्रित नभई जनताको जनजीविका, जीवन स्तर रुपान्तरण गर्न प्रतिवद्व हुनु पर्ने बताउनु भएको छ ।

जनसिर्जनशिल युवा क्ल्व गलकोट नगरपालिका वडा नम्वर ३ बोहोराफाँटको ११ औं वार्षिकोत्सव तथा महाशिवरात्री मेलालाई सम्बोधन गर्दै सांसद कुँवरले जनताको मुद्वा भन्दा बाहिर नगई शुसासनलाई केन्द्रमा राखेर जनताका सपना, योजना र आकांक्षा पुरा गर्नुुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले गलकोटमा ईलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना गर्न आवश्यक रहेको र त्यसको लागि आफुले जस्तोसुकै मुल्य चुकाउन तयार रहेको उल्लेख गर्नुभयो त्यसको लागि सरकार सँग निरन्तर लागिरहने बताउनुभयो । सांसद कुँवरले गलकोटलाई विश्वमा चिनाउन पत्रकार, कलाकार र खेलाडीले खेलेको भुमिका अतुलनिय रहेको भन्दै प्रशंसा गर्नुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका गलकोट नगर सचिव योगेश भण्डारी, नेकपा एमालेका प्रतिनिधि तिलक उप्रेती, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश परिषद सदस्य बिरेन्द्र पहाडी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको नयाँ संरचना अनुसारको पुरुष भलिबल प्रतियोगितामा लक्ष्यमण किराना पसल प्रथम र नुवाकोट समाज जापान द्वितिय भएको छ । प्रतियोगितामा प्रथम हुने समुहले रु ५० हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय हुने समुहले ५० हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र र शान्त्वना हुने दुई समुहले १५÷१५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नयाँ संरचना अनुसारको वडा स्तरिय भु.पु भलिबल प्रतियोगितामा गलकोट नगरपालिका ३ हटिया बजार प्रथम र गलकोट नगरपालिका ७ मल्म द्वितिय भएको छ । प्रतियोगितामा प्रथम हुने समुहले २५ हजार र प्रमाणपत्र र द्धितीय हुने समुहले रु १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै सामुहिक लोकनृत्य प्रतियोगितामा न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुल गलकोट नगरपालिका ६ प्रथम र द रिदेमिक डान्स गलकोट द्वितिय भएको छ । प्रतियोगितामा प्रथम र द्धितीय हुनेले क्रमश १६ हजार, १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

मेलामा कलाकार अर्जुन अनुराग पौडेल र निशान गुरुङको सांगितिक प्रस्तुति रहेको थियो । सो अवसरमा प्रायोजक, आर्थिक सहयोगदाता सहित विभिन्न विधामा सम्मान गरिएको थियो ।

कार्यक्रम जनसिर्जनशिल युवा क्लवका अध्यक्ष लक्ष्मण बोहोराको अध्यक्षता, संरक्षक भगवान बोहोरा क्षेत्रीको स्वागत र सहसचिव सुन्तली कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *