अर्ना दोस्रो जेसीज कपमा बागलुङ सुधार केन्द्र र म्याग्दी फुटबल संघको विजयी शुरूवात

आदर्श अनलाइन, बागलुङ

बागलुङमा दोस्रो संस्करणको अर्ना जेसीज कप फुटबल प्रतियोगिता आईतबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बागलुङ सुधार केन्द्र र जिल्ला फुटबल संघ म्याग्दी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

उद्घाटन खेलमा विदेशी खेलाडी साम्बो ओस्कारको ह्याट्रिक मद्धतमा बागलुङ सुधार केन्द्रले चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब बागलुङलाई ५–० गोलअन्तरले पराजित गर्यो । दुई विदेशी खेलाडी सहित मैदान उत्रिएको बागलुङ सुधार केन्द्रको लागि खेलको ५ औं मिनेटमा अविशेक रानाले गोल गरेका थिए ।

खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका साम्बोले १६ औं र २८ औं मिनेटमा गोल गर्दै आफ्नो र प्रतियोगिताको पहिलो ह्याट्रिक पुरा गरेका थिए । पहिलो हाफ ४–० ले अग्रता लिएको बागलुङ सुधार केन्द्रले दोस्रो हाफमा १ गोल गर्दै जित सुनिश्चित गरेको हो । सुधार केन्द्रको लागि दोस्रो हाफको ३३ औं मिनेटमा बेनम थकालीले गोल गरेका थिए । दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेको चिल्ड्रेन लाईफले गोल गर्न भने सकेन् ।

बागलुङ सुधार केन्द्रले मंगलबार गुठी युनाइटेडसंग खेल्नेछ ।
यस्तै आईतबार भएको दोस्रो खेलमा जिल्ला फुटबल संघ म्याग्दीले लालदुर्गा फुटबल क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

म्याग्दीले खेलको दोस्रो मिनेटमै सनम विकको गोलबाट अग्रता लिएपनि खेलको ८ औं मिनेटमा लालदुर्गाका अनिश तामाङले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । म्याग्दीको लागि खेलको २५ औं मिनेटमा विपुल कार्कीले गोल गर्दै पहिलो हाफमा म्याग्दीलाई २–१ को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातदेखि आक्रमक खेल प्रदर्शन गरेको म्याग्दीको लागि दोस्रो मिनेटमा मनिष श्रेष्ठले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । लालदुर्गाको लागि दोस्रो हाफको १२ औं मिनेटमा लाक्पा तामाङले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिष गरेका थिए । दोस्रो हाफको २५ औं मिनेटमा सनम विकले गोल गर्दै म्याग्दीलाई ४–२ को गोल सुनिश्चित गरे । म्याग्दीले मंगलबार हुने खेलमा साविक विजेता श्रीमेयर गणको सामना गर्ने छ ।

प्रतियोगिताको दोस्रो दिन सोमबार मुलपानी फुटबल क्लबविरुद्व रुद्रेपिपल युथ क्लब र संकल्प पुर्नस्थापना केन्द्रविरुद्व आदर्श स्पोर्टस् क्लब विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
चैत २ गतेसम्म संचालित हुने प्रतियोगितामा साबिक धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका १२ वटा क्लबहरूले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख ५५ हजार ५ सय ५५ र ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष गणेश महतोले जानकारी दिनुभयो।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *