आदर्शकर्मी बुढा मगर गलकोट नगरपालिकाद्वारा सम्मानित

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्थाद्वारा संचालित सञ्चार माध्यमका समाचारदाता डम्मर बुढा मगर सम्मानित हुनु भएको छ । गलकोट नगरपालिकाले सातौँ स्थापना दिवसको अवसरमा पत्रकारितामार्फत गलकोटको विभिन्न क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै नगद १५ हजारसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो ।

गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस बागलुङ सभापति जीतबहादुर शेरचन, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा र गलकोट नगरपालिकाका प्रमुख भरत शर्माले बुढा मगरलाई सम्मान गर्नु भएको हो । चार वर्षदेखि आदर्शमा समाचारदाताको रुपमा काम गर्दै आउनु भएका बुढा मगर नौ वर्षदेखि पत्रकारिता गर्दै आउनु भएको छ ।

सातौं नगर स्थापना दिवसको अवसरमा नगरपालिकाले उत्कृष्ट करदाता, उत्कृष्ट कृषक, राष्ट्रिय भलिबल खेलाडी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट प्रधानाध्यापक, उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कला संस्कृति संरक्षण समुह र राष्ट्रिय कलाकारलाईसमेत सम्मान गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *