ऐतिहासिक चैत्राष्टमी मेला हुँदै


आदर्श अनलाइन, बागलुङ

ऐतिहासिक चैत्राष्टमी मेला चैत्र ३० गतेबाट आयोजना गरिने भएको छ । चैत दशैंका अवसर पारेर बागलुङमा चैते दशैं मेला आयोजना गर्न थालिएकोे छ ।

कालीका भगवती गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा आगामी चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म कालिका मन्दिर परिसरमा मेलाको आयोजना गर्न थालिएको हो ।

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक स्थलको रुपमा रहेको कालिका मन्दिरमा यसपक चैत्राष्टमी मेला एक हप्ता सम्म मनाउन थालिएको कालिका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

‘गन्तव्य बागलुङ कालीकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, ब्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ चैत्राष्टमी मेला आयोजना गर्न थालिएको हो ।

मेलाको अवसरमा कालीका कप खुला भलिबल प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यान लगायतका कार्यक्रम समावेश गरिएको छ ।

बागलुङ सदरमुकाममा ३०० वर्ष देखि चल्दै आएको चैत्राष्टमी मेला यो वर्ष जिल्लामा क्रियाशील संघ संस्था, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको हो ।

मुलुककै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङको कालीका भगवती मन्दिरमा सो अवधिमा पाँच लाखभन्दा बढी भक्तजन पूजा गर्न आउने अनुमान गरिएको छ ।

उनीहरुले आफूले भाकल गरेका बोका, हाँस, कुखुरा, राँगो सयौंको संख्यामा बलि दिने चलन छ । ऐतिहासिक रूपमा हुँदै आएको चैते दशैं मेलामा विगतमा भन्दा यो वर्ष धेरै धार्मिक पर्यटक भित्राउने लक्ष्य राखिएको अध्यक्ष खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *