रामपुर कृषक सहकारी र आदर्श सञ्चार सहकारीबीच अन्तरक्रिया


आदर्श अनलाइन, बागलुङ
श्री रामपुर कृषक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सैनामैना–८ रुपन्देही र आदर्श सञ्चार सहकारी संस्था बागलुङ बीच सोमबार अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको थियो । सहकारी अध्ययन अवलोकनका लागि बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटडे आउनुभएका श्री रामपुर कृषक बहुउदेश्यीय सहकारी संस्थाका पदाधीकारी सहित शेयर सदस्यहरुबीच सहकारीको अनुभव आदानप्रदान गरिएको छ ।



आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अन्जु)ले अध्ययन अवलोकनका लागि संस्थामा आएका श्री रामपुर कृषक बहुउदेश्यीय सहकारी संस्थाका पदाधिकारी सहित शेयर सदस्यलाई स्वागत गर्नूभएको थियो ।

स्वागतपछि अन्तरक्रिर्या कार्यक्रममा बोल्दै अध्यक्ष जिसीले २०६३ सालमा स्थापना भएको सहकारीले सञ्चारमाध्यम सञ्चालन संगै बचत तथा ऋणको कारोवार गर्दै आएको बताउनुभयो ।

उहाँले सहकारीहरु उदेश्यअनुरुप शेयरसदस्य केन्द्रित भएर कारोवार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा श्री रामपुर कृषक बहुउदेश्यीय सहकारी संस्थाका निवर्तमान अध्यक्ष घनश्याम पाण्डेले २०५७ सालमा स्थापना भएको सहकारीले कृषकको हितमा काम गर्दै आएको बताउनुभएको थियो ।

उहाँले २२५ शेयर सदस्यमार्फत समूह बनाएर बिउँ बितरण गर्ने कृषि कर्ममा प्रोत्साहन गर्दै आएको बताउनुभयो । कृषि सहकारीमा हाल रु. दुई करोड पूँजी, आफ्नै जग्गा र कार्यालय रहेको छ । सहकारीले सदस्यहरुलाई आलुको बिउँ बितरण गर्ने, मलखाद व्यवस्थापन संगै कृषकहरुलाई प्रशिक्षण गर्दै आएको छ ।

अनुभव आदान प्रदान कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अन्जु)को अध्यक्षता तथा प्रबन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा श्री रामपुर कृषक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवभक्त भण्डारी र आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्षबीच मायाको चिनो आदान प्रदान गरिएको थियो ।
धौलागिरीको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थामा पछिल्लो समय अध्ययन अवलोकन गर्न आउने सहकारी संस्थाको संख्या बढ्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *