रेग्मीलाई वीरशाली पन्त गौरवमय पुरस्कार

आदर्श अनलाइन, बागलुङ
वीरशाली पन्त गौरवमय पुरस्कार विन्दबासिनी संस्कृत विद्यापीठका प्राध्यापक डाक्टर जगन्नाथ रेग्मीलाई प्रदान गरिएको छ । सोमबार आयोजित कार्यक्रममा रेग्मीलाई नगद २५ हजारसहित पुरस्कार कोषका अध्यक्ष प्रेम छोटा र बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले संयुक्तरुपमा प्रदान गर्नुभएको थियो ।

नेपाली र संस्कृत साहित्यका स्रष्टा पन्तको स्मृतिमा २०७७ साल फागुन २८ गते बागलुङ नगरपालिकाको बैठकले स्मृति कोषमा ५ लाख रुपैया राखेर कोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट पुरस्कार प्रदान गरिएको कोषका संयोजक प्राज्ञ प्रेम छोटाले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका उप–प्रमुख खड्काले भाषा, कला, साहित्य र संस्कृतिको जर्गेनाका लागि बागलुङ नगरपालिकाले नगरपालिकाले सक्दो लगानी गर्ने बतउनुभयो । पुरस्कृत डा. रेग्मीका दर्जन बढी भाषा, साहित्य, धर्म संस्कृति लगायत दर्जन बढि कृति प्रकाशित छन् ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राडा राम प्रसाद शर्मा, पूर्व नगर प्रमुख जनक पौडेल, साहित्यकार काजीरोशन, वीरशाली पन्त स्मृति कोषका सदस्य ज्ञानेन्द्रराज पन्त, समाजसेवी विश्वनाथ रेग्मी र बिना कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम वीरशाली पन्त स्मृति कोषका अध्यक्ष प्रेम छोटाको अध्यक्षता, वरिष्ठ अधिवक्ता काजिगाउले श्रेष्ठको स्वागत मन्तव्य र सविच हरि प्रसाद पाण्ड्यको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *