जेसिज कपको उपाधि बागलुङ सुधार केन्द्रलाई


खेमराज गौतम, बागलुङ
दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि बागलुङ सुधार केन्द्रले चुमेको छ ।

बागलुङ जेसीजको आयोजनामा आज सम्पन्न फाइनल खेलमा बागलुङ सुधार केन्द्रले श्रीमेहर गण बागलुङलाई ३–२ गोलअन्तरले पराजित गर्दै सुधार केन्द्र उपाधि चुम्न सफल भएको हो ।
बागलुङको बाङ्गेचौर खेल मैदानमा भएको फाइनल खेलको पहिलो हाफमा दुबै समूहले २–२ गोल गरेका थिए ।



खेल शुरुभएको चार मिनेटमा श्रीमेहर गणका यमलाल ओलीले सुधार केन्द्रलाई पहिलो गोल गरेका थिए । यस्तै खेल शुरु भएको २१ मिनेटमा गणकै खेलाडी प्रकाश निरौलाले पुन गोल थपेका थिए । खेल शुरुभएको २७ औं मिनेटमा बागलुङ सुधार केन्द्रले श्रीमेहर गणलाई नाइजेरियका खेलाडी साम्बो ओस्कारले गोल फर्काउन सफल भएका थिए । त्यस्तै सुधार केन्द्रकै खेलाडी अभिषेक रानाले ४९ मिनेटमा पुन एक गोल थपेर पहिलो हाफलाई बराबरीमा सिमित गरेका थिए ।

तर दोस्रो हाफमा भने कुनै समूहले गोल गर्न नसक्दा २० मिनेट अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा बागलुङ सुधार केन्द्रबाट प्रतिनित्वि गरेका खेलाडीले बरदान न्यूरेले ९३ मिनेटमा गोल गरेपछि सुधार केन्द्र उपाधि जित्न सफल भएको हो । फाइनलमा पुगेको श्रेमेहरगण बागलुङले भने उपबिजेतामै चित्त बुझाएको छ ।



उपाधि चुम्न सफल भएको बागलुङ सुधार केन्द्रले रु.१ लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता श्रीमेहर गणले रु.७५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले बताउनुभयो ।
यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कारसमेत प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *