दलित जनप्रतिनिधिलाई अभिमुखिकरण


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको आयोजनामा दुई दिने दलित जनप्रतिनिधि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

नगरपालिकाको दलित सशक्तिकरण कार्यक्रम अन्र्तगत दुई दिन सम्म दलित जनप्रतिनिधिलाई अभिमुखिकरण गरिएको थियो भने एक दिन जनप्रतिनिधि र सरोकारवाला निकायबीच पछाडी पारिएका सामाजिक समूह, दलितहरुको अवस्था, समावेशिकरण र संभवना विषयक अन्तरक्रिर्या कार्यक्रम गरिएको छ ।



अन्तरक्रिर्या कार्यक्रममा सहजीकरण गर्दै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सामाजिक रुपमा पछाडी पारिएका दलित समूदायहरु आफ्नो हक तथा अधिकारको विषयमा जानकार हुन आवश्यक रहेको बताउनुभएको थियो ।

नेपालको संविधान २०७२ ले स्थापना गरेको कानूनी अधिकारका कारण अहिले पालिकाको नेतृत्वदायी भूमिकामा दलित समुदायबाट समेत पुगेको भन्दै कानूनी अधिकारलाई प्राप्त गर्न अगाढी बढ्नुपर्ने बताउनुभएको थियो ।


अन्तरक्रिर्या कार्यक्रममा बोल्ने बक्ताहरुले अझैपनि दलितको नाममा अप्रत्यक्ष रुपमा छुवाछुत भोग्न बाध्य भएको दलित जनप्रतिनिधिले गुनासो गरेका थिए । कार्यक्रममा केही दलित जनप्रतिनिधिले आफूले जातिय विभेद महशुस नगरेको समेत बताएका थिए ।

कार्यक्रममा शान्ता नेपाली, ढाका बहादुर परियार, मन बहादुर नेपाली र पवित्रा सुनाले आफ्नो अनुभव सुनाउनु भएको थियो । उनिहरुले अप्रत्यक्ष रुपमा भएपनि सामाजिक विभेद भोगेको गुनासो गरेका थिए । कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले पछिल्लो समय राज्यले दलित तथा पछाडी पारिएका समुदायलाई अगाढी बढाउने नीति लिएको बताउनुभयो । उहाँले दलित महिलाहरुलाई सशक्तिकरणका लागि नगरपालिका अग्रसर रहेको बताउनुभयो ।



कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममाथी अधिवक्ता याम चर्माकारले टिप्पणी राख्नुभएको थियो । कार्यक्रम सामाजिक विकास शाखा प्रमुख सरस्वती रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *