सहकारीको ऋण नतिर्नेलाई कार्वाही हुन्छ : सहकारी रजिष्ट्रार कार्यालय पोखरा

आदर्श अनलाइन, पोखरा

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीबाट लिएको ऋण समयमै तिर्नका लागि ऋणीहरुलाई निर्देशन दिएको छ । सहकारी रजिष्ट्रारको कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै ऋणीहरुलाई समयमै ऋण भुक्तान गर्नका लागि आग्रह गरेको हो ।

ऋणी सदस्यहरुले आफुले लिएको ऋण तिर्न नपर्ने भन्ने जस्ता भ्रामक र गैर जिम्मेवारपूर्ण अभिव्यक्ति समेतको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीेले संस्थामा सदस्यहरुको वचत फिर्ता गर्न असहज भएको पाइएको छ, सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भेषराज रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,–‘सहकारी संस्थामा सदस्यहरुबाट लिएको वचत रकमबाट नै ऋण प्रवाह गरिने भएकोले ऋणी सदस्यहरुले आफुले लिएको ऋण समयमा नै चुक्ता गर्नु पर्दछ ।’

ऋणीले समयमा ऋण चुक्ता नगर्दा सहकारी संस्था र ऋणी स्वयंलाई समेत प्रत्युत्पादक हुन जान्छ, कतिपय सहकारी संस्थामा पूर्व सञ्चालक, सञ्चालक, व्यवस्थापक समेतले गैर जिम्मेवार भई ऋण नतिरेको पाइएको समेत कार्यालयले जनाएको छ ।

सहकारीबाट ऋण लिएर ऋणीहरुले समयमा नै ऋण रकम भुक्तान नगरेमा गण्डकी प्रदेश सहकारी ऐन २०७५ को दफा ६५ र ६६ को प्रयोजनका लागि दफा ६७ बमोजिम समेत ऋणी सदस्यको खाता, जायजेथा हस्तान्तरण, नामसारी वा विक्री समेत गर्न नपाउने गरी सम्बन्धित निकायमा रोक्का राख्न पत्राचार गरिने रजिष्ट्रार कार्यालयले जनाएको छ ।

ऋण नतिर्नेहरुलाई कानुन अनुसार कार्वाही हुने भएकाले ऋण लिने समयमा जुन सम्झौता वा शर्त कबुलियत अनुसार सहकारी संस्थाबाट ऋण लिएको हो, सोही बमोजिम समयमा नै आफुले लिएको ऋणको साँवा, ब्याज रकम सम्बन्धित सहकारी संसथामा दाखिला गर्न रजिष्ट्रार कार्यालय अनुरोध गरेको छ ।

सहकारीको ऋण असुली सम्बन्धी गण्डकी प्रदेश सहकारी ऐन २०७५ मा रहेको व्यवस्था यस्तो रहेको छ

ऋण असुली तथा बाँकी बक्यौता
६५. ऋण असुल गर्ने
(१) कुनै सदस्यले सहकारी संस्थासंग गरेको ऋण सम्झौता वा शर्त कबुलियतको पालना नगरेमा, लिखतको भाखाभित्र ऋणको साँवा, ब्याज र हर्जाना चुक्ता नगरेमा वा ऋण लिएको रकम सम्बन्धित काममा नलगाई हिनामिना गरेको देखिएमा त्यस्तो सदस्यले ऋण लिदा राखेको धितोलाई सम्बन्धित सहकारी संस्थाले लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी आफ्नो साँवा, ब्याज र हर्जाना असुल उपर गर्न सक्नेछ ।
(२) कुनै सदस्ये सहकारी संस्थामा राखेको धितो कुनै किसिमले कसैलाई हक छोडिदिएमा वा अन्य कुनै कारणबाट त्यस्तो धितोको मूल्य घट्न गएमा त्यस्तो ऋणीलाई निश्चित म्याद दिई थप धितो सुरक्षण राख्न लगाउन सकिनेछ ।
(३) उपदफा (२) बमोजिम ऋणीले थप धितो नराखेमा वा उपदफा (१) वा (२) बमोजिमको धितोबाट पनि साँवा, ब्याज र हर्जानाको रकम असुल उपर हुन नसकेमा त्यस्तो ऋणीको हक लाग्ने अन्य जायजेथाबाट पनि साँवा, ब्याज र हर्जाना असुल उपर गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *