स्कोन गण्डकीको गौर पुर्णिमा पुष्प होली


आदर्श अनलाइन, बागलुङ
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ स्कोन गण्डकी बागलुङले तीन दिन सम्म पुष्प होली कार्यक्रम मनाउने भएको छ ।

कृष्ण गण्डकी परियोजना अन्र्तगत बागलुङ नगरपालिका–१ मालढुङ्गामा यही चैत १०, ११ र १२ गते आयोजना गर्ने गौर पुर्णिमा पुष्प होलीको विषयमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको थियो ।

गौर गण्डकी उत्सव कार्यक्रम भव्यताका साथ कृष्ण गण्डकी परियोजना मालढुङ्गामा मनाउन थालिएको कार्यक्रम संयोजक गदाई गौरङ्ग दासले जानकारी दिनुभयो ।

गौरपूर्णिमा अर्थात भगवान श्री कृष्णका भक्तावतार श्री गौराङ्ग महाप्रभुको अवतरण दिवसको विशेष अवसरमा गौराङ्ग महाप्रपुका लिलागान र कालिगण्डकी नदिका प्रचरार्था तीन दिवसीय गौर–गण्डकी उत्सवको आयोगना गरिएको दासले जानकारी दिनुभयो ।

यस उत्सवको आयोजना इसकोन नेपाल गण्डकी शाखाले गर्न थालेको हो । उक्त कार्यक्रममा सम्पूर्णलाई मालढुङ्गामा निमन्त्रण गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । कउष्णगण्डकी परियोजना अन्र्तगत अहिले चार करोडको पूर्वाधार निर्माण भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *