स्वर्गीय पत्रकार बिक्रमको परिवारलाई प्रेस सेन्टरको आर्थिक सहयोग


आदर्श अनलाइन, बागलुङ

प्रेस सेन्टर नेपाल बागलुङ शाखाले स्वर्गीय पत्रकार बिक्रम परियारको घर परिवारलाई आर्थिक सहयोग गरेको छ । बस दुर्घटनामा परी ज्यान गुमाएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ का पत्रकार बिक्रम परियारको घर परिवारलाई प्रेस सेन्टर बागलुङ जिल्ला शाखाले बिहीबार घरमै पुगी ३० हजार नगद रकम सहयोग गरेको हो ।

प्रेस सेन्टर नेपाल बाग्लुङका अध्यक्ष थमन थापाको नेतृत्वमा पार्टी तथा जनवर्गीय संगठनहरुको सकृय सहयोगमा संकलन गरिएको रकम स्वर्गीय पत्रकार परियारको घरमै पुगेर नगद ३० हजार रुपैयाँ हस्तानत्रण गरिएको छ । प्रेस सेन्टर नेपाल बाग्लुङका अध्यक्ष थमन थापा, सेन्टरका बागलुङ जिल्ला सदस्य जगिन्द्र बिक ( बसन्त ) लगायतको टोलिले पत्रकार परियारका आमा रश्मी नेपालीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्दै प्रेस सेन्टर नेपाल बाग्लुङका अध्यक्ष थमन थापाले २ दिनमा आफुहरुले यो सानो सहयोग रकम उठाउन सफल भएको र घरपरिवारलाई थोरै भएपनि मलमपट्टी होस भनेर आफुहरुले सहयोग गरेको बताउदै पत्रकार परियार प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य तथा अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्वका फ्याक्सन इन्चार्ज जीवन केसी, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सदस्य बसन्त बाँठा मगर, प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष सर्जना कार्की‚ सचिव उर्मिला गौतम तथा रेडियो पूर्वी रुकुमका पत्रकारहरुको उपस्थिती रहेको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष सर्जना कार्कीले गर्नु भएको थियो ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य तथा अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्वका फ्याक्सन इन्चार्ज जीवन केसीले दुखको यो समयमा सहयोगी हात बढाएर यहासम्म पुगेको भन्दै प्रेस सेन्टर नेपाल बागलुङ शाखालाई धन्यवाद दिनुभएको छ । बिक्रमको दुःखद निधनले घर परिवारसँगै सिङ्गो पार्टी कमिटी र जिल्लावासीलाई मर्माहत बनाएको बताउदै आगामी दिनहरूमा पनि आर्थिक तथा भौतिक सहयोग गर्न नेकपा माओवादी केन्द्र तथा पार्टीको सबै जनवर्गीय संगठन निरन्तर लाग्ने उहाँले बताउनुभएको छ ।

रुकुम पूर्वका २३ वर्षीय पत्रकार बिक्रम सहित नौ जनाको यही चैत्र ५ गते रुकुम पश्चिम बाट काठमाडौँ लागि छुटेको बागमती प्रदेश ०१००६ ख ३८७९ नम्बरको बस बागुलङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ जाउलेपानीमा दुर्घटना हुँदा निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *