सहकारी दिवसमा मानवसेवा आश्रममा दुध र दही वितरण

आदर्श अनलाइन, बागलुङ
६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर मानव सेवा आश्रम बागलुङमा दुध र दही वितरण गरिएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ नगरपालिकाको आयोजना तथा बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको संयोजनमा मानव सेवा आश्रममा रहेका ५३ जनालाई दुध तथा दही वितरण गरिएको हो ।

No description available.

बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दुध तथा दही वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सहकारीको सिद्धान्त अनुसार समुदायप्रति उत्तरदायित्व पुरा गरेको बताउनुभयो । सहकारीले सदस्यहरुको आर्थिक उन्नतीसंगै सामाजिक रुपान्तरण र समुदायप्रति समेत उत्तरदायित्व बहन गर्ने हुनाले समुदायले सहकारीलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

No description available.

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतम र सञ्चालन संघका सचिव गोविन्द सापकोटाले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *