एमाले बागलुङको अधिवेशनका लागि ६३७ प्रतिनिधि छनौट हुँदै

आदर्श अनलाइन, बागलुङ
बागलुङमा नेकपा एमालेको दसाँै जिल्ला अधिवेशनको तयारी तीव्र्र पारिएको छ । चैत २९ र ३० गते हुने अधिवेशनका लागि २१ गते बुधबार जिल्लाका १० वटै स्थानीय तहका वडा तहबाट प्रतिनिधि छनौट हुँदै छन् । नयाँ नेतृत्व चयन गर्नका लागि हुने अधिवेशनका लागि प्रतिनिधि छनौटको समेत रस्साकस्सी चलिरहेको छ ।

अधिवेशनमा बागलुङ नगरपालिकाबाट १ सय ११ जना प्रतिनिधि आउने भएका छन् । जस्मा दलितबाट २६ जना, अल्पसङ्ख्यक २ जना र खुल्लामा ८२ जना प्रतिनिधि आउने छन् । काठेखोला गाउँपालिकाबाट दलित २९ जना, अल्पसङ्ख्यक ६ जना, खुल्ला ६६ जना गरि १ सय १ जना प्रतिनिधि आउने भएका छन् । जैमिनि नगरपालिकाबाट दलितमा १२ जना, ६ जना अल्पसङ्ख्यक , खुल्ला ३१ जना गरी ४९ जना आउने छन् ।

बरेङ गाउपालिकाबाट २६ जना आउने छन् । जस्मा दलित ५ जना अल्पसङ्ख्यक मा २ जना र खुल्लामा १९ जना रहने छन् । गल्कोट नगरपालिकाबाट ३६ जना प्रतिनिधि आउने छन् । १३ जना दलित, अल्पसङ्ख्यक मा ३ जना र खुल्लामा २० जना प्रतिनिधि आउने छन् ।

ताराखोला गाउपालिकाबाट १७ जना प्रतिनिधि आउने छन् जस्मा दलितमा ७ जना अल्पसङ्ख्यक मा ३ जना र खुल्लामा ७ जना आउने छन् । बडिगाड गाउँपालिकाबाट ४३ जना प्रतिनिधि आउने छन् जस्मा दलितमा ९ जना, अल्पसङ्ख्यक मा ८ जना र २६ जना आउने छन् ।

ढोरपाटन नगरपालिकाबाट ४१ जना प्रतिनिधि आउने छन् जस्मा दलितमा १८ जना अल्पसङ्ख्यक मा ५ जना र खुल्लामा १७ जना आउने छन् । तमानखोला गाउपालिकाबाट १४ जना प्रतिनिधि आउने छन् । जस्मा दलितबाट ४ जना, ७ जना अल्पसङ्ख्यक मा ३ जना खुल्लामा आउने छन् । निसीखोला गाउँपालिकाबाट २२ जना प्रतिनिधि आउने छन् । जस्मा दलितमा ७ जना खुल्लामा १३ जना आउने छन् ।

भोलि चैत २१ गते बागलुङ जिल्लाको १० वटै स्थानीय तहका ८५ वटै वडामा एकसाथ प्रतिनिधि छनौट गरिने नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो । अधिवेशनका लागि पार्टीका वडा, गाउँ र नगर कमिटिसँगै २१ वटा जनवर्गिय संगठनबाट ३१ जना प्रतिनिधि छनौट हुने छन् ।

१ सय ४७ आयोजक, २ सय ७४ खुल्ला, १ सय ३० दलित, ५५ अल्पसंख्यक, ३१ जनसंगठन गरि ६ सय ३७ जना प्रतिनिधि छनौट हुने अध्यक्ष केसीले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने एमाले बागलुङका प्रवक्ता चन्द्र प्रकाश शर्मा गणेशले जानकारी दिनुभयो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *