एमाले दशौं अधिबेशनको लोगो सार्वजनिक


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङको दशौं अधिवेशनको लोगो सार्वजनिक भएको छ । नेकपा एमाले केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सावित्रा राना, जिल्ला अध्यक्ष हिरा बहादुर केसी लगायतले पार्टी कार्यालयमा दशौं अधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।

कालिगण्डकीको तिरदेखि ढोरपाटनको शिरसम्मको प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । दश वटा गुराँसले घेरा हालेको जिल्लाको पहिचान र दशौं अधिबेशनको संकेतको रुपमा चित्रित गरिएको छ ।

जिल्लाका सबै पालिकामा राष्ट्रिय फुल लालिगुराँस पाइने भएकाले गुराँसकै घेरा तयार गरिएको पार्टी अध्यक्ष केसीले बताए । जिल्लाको नक्साको पृष्ठभुमीमा राष्ट्रिय झण्डा र नाउर तथा घोरलको चित्र अंकित छ ।

एमाले जिल्ला किमिटि सचिव बिष्णु भुसालका अनुसार प्रचार कमिटीले तयार गरेको लोगोमा जिल्लाको बस्तुगत अबस्थिती देखाईएको छ । दशौं जिल्ला अधिबेशन आगामि चैत २९ र ३० गते सदरमुकाम बागलुङ बजारमा हुँदै छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *