क्षेत्री समाज बागलुङको नवौं वार्षिक साभारण सभा सम्पन्न

क्षेत्री समाज बागलुङको नवौं वार्षिक साभारण सभा सम्पन्न भएकाे छ । बिहीबार भ्यू टावरमा भएकाे साधारण सभामा समाजका संरक्षक बाबुराज कार्कीले क्षेत्रीले बन्धुहरुमा मित्रता, एकता र बन्धुत्वको विकास गरिरहेको बताउनु भएको छ ।

उहाँले आफ्नो जातीय पहिचान, संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन गर्दै राज्यको मुल प्रवाहमा क्षेत्रीको उपस्थिती हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्कीले क्षत्री समाज अन्य जातीहरुसँग प्रतिश्पर्धा गर्न नभई क्षत्रीहरु बिचको एकता, सद्भाव र सामाजिक विकासको निम्ति भएको स्मरण गराउनुभयो ।

कार्यक्रममा क्षेत्री समाज गण्डकी प्रदेशका उपाध्यक्ष दुर्गा कुँवर, नेपाल मगर संघ बागलुङका अध्यक्ष श्याम पुन मगर, क्षत्री समाज पर्वतका अध्यक्ष सरस्वती भण्डारी, क्षत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी कार्की, गलकोट माध्यमिक विद्यालय हटियाका प्रधानध्यापक देबेन्द्र बहादुर खत्री, क्षेत्री समाज गलकोट नगर समितिका अध्यक्ष झहर बहादुर खत्री, बुद्विजीवी तथा समाजसेवी मेजर तेज बहादुर खत्रीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन महासचिव कविराज क्षेत्री र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पम्फा खड्का केसीले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विभिन्न विधामा सम्मान गरिएको थियो भनें कलाकारहरु द्वारा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । बागलुङ जिल्ला भरका क्षेत्री बन्धुहरुको सहभागिता रहेको कार्यक्रममा सामुहिक वनभोजको समेत आयोजना गरिएको थियो ।

वार्षिक साधारण सभा क्षत्री समाज बागलुङका अध्यक्ष रुद्र बहादुर महतको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष शिवकला थापाको स्वागत र महासचिव कविराज क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *