आदर्श सञ्चार सहकारीद्वारा तित्याङमा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको आफन्तको निधनमा दुःख व्यक्त गर्दै श्रदाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका–९ तित्याङ स्थित शेयर सदस्य गिता थापा मगरका ससुराबुबा तथा धनमाया पुनका पिता हर्क बहादुर थापा मगरको निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

थापाको ८ औं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम समेत हस्तान्तरण गरेको छ ।

श्रद्धाञ्जली सभामा आदर्श सञ्चार सहकारी संस्थाका सह-सम्पादक सिर्जना पन्त, संवाददाता रोहन जि.सी, नेपाल पत्रकार महासंघका सहसचिव तारानाथ आचार्य, सदस्य अर्जुन कार्की लगायतको उपस्थितीमा सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप रु.५ हजार रुपैयाँ स्वर्गीय थापाको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखिनै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमासमेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *