पितृको सम्झनामा विशेष बालकक्षाका विद्यार्थीलाई सहयोग

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका ३ कि बुधकुमारी केसीले आफ्ना पितृहरुको सम्झनामा बागलुङ विशेष बाल कक्षाका विद्यार्थीलाई सहयोग गर्नुभएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा रहेको बागलुङ विशेष बालकक्षा प्राविका विद्यार्थीलाई केसीले पिउने पानी, जुस, चाउचाउ, विष्कुटसँगै शैक्षिक सामग्रीका लागि २ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

केसीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठ र विद्यालयका शिक्षकलाई सहयोग रकम र सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *