क्षत्री समाज बागलुङ नगरको अध्यक्षमा के.सी

आदर्श अनलाइन, बागलुङ

क्षत्री समाज बागलुङ नगर कार्यसमितिको शनिबार सम्पन्न प्रथम अधिवेशनबाट समितिको अध्यक्षमा एक बहादुर के.सी (संगम) चयन हुनुभएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण के.सी, महिला उपाध्यक्षमा लिला देवि खड्का, सचिवमा लोक बहादुर खड्का,सह-सचिवमा सविता के.सी र कोषाध्यक्षमा प्रविन थापा चयन हुनुभएको छ ।

उद्घाटन पछि बोल्दै क्षत्री समाज नेपाल बागलुङका संररक्षक तथा संस्थापक अध्यक्ष बाबुराज कार्कीले आफ्नो जातीय पहिचान, संस्कृति र परम्पराको संरक्षण गर्दै राज्यको मुल प्रवाहमा क्षेत्रीको उपस्थिती हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्कीले क्षत्री समाज अन्य जातीहरु सँग प्रतिस्पर्धा गर्न नभई क्षत्रीहरु बिचको एकता, सद्भाव र सामाजिक विकासको निम्ति भएको स्मरण गराउनुभयो ।

कार्यक्रममा क्षत्री समाज बागलुङका अध्यक्ष रुद्र बहादुर महत क्षेत्री, सचिव कविराज क्षेत्री, सह-सचिव मन्जुमाया क्षेत्री, क्षत्री समाज बेनी नगर अध्यक्ष उर्मिला खड्का, क्षत्री समाज कुश्मा नगर अध्यक्ष होमबहादुर क्षेत्री, नेपाल मगर संघ बागलुङ नगर अध्यक्ष हिरा बहादुर थापा मगर, क्षत्री महिला समाजकी अध्यक्ष भावना खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशन शुरू हुनुअघि बागलुङ नगरपालिका भित्रका प्रत्येक वडाबाट वडा समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा बजार परिक्रमा गरी र्याली सम्पन्न भएको थियो ।

कार्यक्रम क्षत्री समाज बागलुङ नगर तदर्थ समितिका संयोजक एक बहादुर के.सी (संगम) को अध्यक्षता, कोषाध्यक्ष सविता के.सीको स्वागत र उपाध्यक्ष भूमीकला थापा क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *