कालिमाटीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–७ कालिमाटीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ । मुलपानी रात्माटा कृषि तथा पशु पालक सहकारी र धौलागिरी विरेन्द्र माध्यामिक विद्यालयको आयोजना तथा कालिमाटी दुग्ध सहकारी संस्थाको समन्वयमा कालिमाटीमा एक दिने पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

पशु स्वास्थ्य शिविरको उद्घाटन गर्दै बागलुङ नगरपालिका–७ का वडा अध्यक्ष मेघनाथ गैरेले स्थानीय पालिकाको काम सहकारी र विद्यालयले मिलरेर गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।

उहाँले पशुप्राविधिक धारमा अध्यापन गराउदै आएको धौलागिरी विरेन्द्र माध्यामिक विद्यालयका पशु चिकित्सक सहित पशु प्राविधिक धारका विद्यार्थीले शिविरमा पशुको परिक्षण, पशुको गोबर जाँच तथा औषधी उपचार गरएको आयोजक संस्था मुलपानी रात्माटा कृषि तथा पशु पालक सहकारी संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले जानकारी दिनुभयो ।

कृषि सहकारीले पशुपालक किसानलाई राहत दिनका लागि गाउँमै पुगेर शिविर आयोजना गरिएको सापकोटाको भनाई छ । कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्का प्रमुख डा. ऋषिराम सापकोटा, धौलागिरी विरेन्द्र माध्यामिक विद्यालयका प्रधानध्यापक भूमिराज गौतम, पशु विज्ञान धारका प्रमुख डा. आषिस सापकोटा कालीमाटी दुग्ध सहकारीका अध्यक्ष नारायण प्रसाद गैरे र किसान भिम प्रसाद गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मुलपानी रात्माटा कृषि तथा पशु पालक सहकारी संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षता धौलागिरी विरेन्द्र माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन शर्माको स्वागत तथा माधव प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

पशु शिविरमा भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्का प्रमुख डा. ऋषिराम सापकोटा, धौलागिरी विरेन्द्र माध्यामिक विद्यालयकाका पशु विज्ञान संयोजक आशिष सापकोटा, डा. निमा शर्मा,डा. शुसिल तिवारी, डा.सविन भट्टराई तथा प्राविधकिहरु रेशम घर्ती मगर र सुजन गौतमले शिविरमा पशुको स्वास्थ्य परिक्षण, गोबर जाँच तथा औषधी वितरण गरेका थिए ।

सहकारीको तर्फबाट र टेकनाथ सापकोटाको तर्फबाट निशुल्क औषधी वितरण समेत गरिएको थियो । शिविरमा १७८ किसानको ३३४ पशुको उपचार गरिएको छ ।

जसमध्ये गोबर परीक्षण २८०, अन्य उपचार ४९, बन्ध्याकरण ४ र एक जर्सी गाईको कृतिम गर्भाधारण गरिएको पशु चिकित्सक डाक्टर आशिष सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *