बागलुङमा सकियो ट्राफिक सप्ताह


सुजन रेग्मी, बागलुङ
सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताह २०८१ को समिक्षा सहित समापन गरिएको छ । समिक्षा कार्यक्रममा ट्राफिक व्यवस्थापनका लागि सवै जिम्मेवार बन्नुपर्ने र ट्राफिक व्यवस्थापन सबैको साझा मुद्धा बन्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एबम् बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ट्राफिक व्यवस्थापन गर्न सबैको सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको छ । बजारमा अत्याधिक रुपमा जथाभावी रुपमा पार्किङ गर्ने गरेको बताउदै यस्ता खालका कार्यलाई एक्लै नभएर सबै सङ्ग सहकार्य गरेर मात्र समस्याको समाधान हुने उहाँको जोड छ ।

उहाँले बाइकहरुले अत्याधिक रुपम चर्को आवाज बजाउदै दिउँसोमा मात्र नभएर रातमा समेत हिडेको र रातमा जनताको निद हराम गरेको बताउदै त्यस्ता बाइकहरुलाई नियन्त्रण गरेर आवश्यक कार्वाही गर्न निर्देशन दिनुभएको छ ।।उहाँले पार्किङको विषयलाइ लिएर अब देखि पार्किङ शुल्क उठाएर भएपनि केहि सहज हुने बताउनुभयो ।

उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेस कंडेलले मन्तव्य राख्नुभएको थियो । ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन निउरेले ७ दिने कार्य प्रस्तुती गर्नुभएको थियो । सप्ताहको अवसरमा आयोजित कार्यक्रमबाट २१ हजार बढि लाभान्वित भएको ट्राफिक प्रमुख निउरेले जानकारी दिनुभयो।


कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलको अध्यक्षता र ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन निउरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *