बागलुङ जिल्ला लिगमा गुठी युनाईटेड र चिल्ड्रेन लाइफको विजयी शुरुवात

रोहन जि.सी, बागलुङ

बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा गुठी युनाईटेड र बाल जीवन (चिल्ड्रेन लाइफ) खेलकुद क्लबे विजय सुरुवात गरेका छन् ।

मंगलबार सम्पन्न भएको पहिलो खेलमा गुठी युनाईटेडले रामरेखा फुटबल क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्यो । गुठी युनाईटेडको लागि खेलको पहिलो हाफको १२ औं मिनेटमा निरज थकालीको गोलबाट अग्रता लिएको थियो । मनिष श्रेष्ठले प्रहार गरेको कर्नर बललाई निरजले सुन्दर हेडिङ गोल गरेका थिए ।

गुठीको लागि खेलको १७ औं मिनेटमा मनिष श्रेष्ठ, ५२ औं मिनेटमा निशान गुरुङ र अतिरिक्त समयमा जितेन्द्र पुनले गोल गरेका थिए । रामरेखाको लागि नरेश पुनले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए ।

पहिलो खेलमा गुठी युनाईटेडका सन्तोष पुन म्यान अफ द म्याच घोषित भएका थिए । जितसँगै गुठीले तीन अंक जोडेदै समुहको शिर्षस्थानमा पुगेको छ ।

यस्तै मंगलबार नै भएको दोस्रो खेलमा बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) ले बिर गोर्खाली युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । चिल्ड्रेन लाईफको लागि निश्चल महत र विजय छिनालले १–१ गोल गरेका थिए । निश्चलले दोस्रो हाफको ५ औं र विजयले २२ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो खेलमा बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) का निश्चल महत म्यान अफ द म्याच घोषित भएका थिए । जितसँगै चिल्ड्रेन लाईफले तीन अंक जोडदै समुहको दोस्रो स्थानमा रहेको छ ।

बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत बुधबार दुई खेल हुनेछन् । पहिलो खेल बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र) र पावर फिटनेस क्लब विच हुनेछ भने दोस्रो खेल रुद्रेपिपल युवा क्लब र कालिका भगवती युवा क्लब विच हुने बागलुङ जिल्ला फुटबल संघका कोषाध्यक्ष सूर्य लामिछानेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *