अनेरास्ववियुको हिरक जयन्ती बागलुङमा पनि मनाईयो

रोहन जि.सी, बागलुुङ

विद्यार्थी आन्दोलनको लामो समय व्यवस्था परिवर्तनमा सिर्जनात्मक रूप दिदैं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङले विभिन्न रचानात्मक कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

नेकपा एमालेको भातृ विद्यार्थी संगठन अनेरास्ववियुले ६० औं स्थापना दिवस एंव हिरक जयन्तीको अवसरमा धौलागिरी बहुमुखी क्याम्पसमा स्वागत ब्यानर अनावरण, विद्यार्थीहरुको प्रतिभा पहिचान, दिप प्रज्वलन लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।

अनेरास्ववियु बागलुङ जिल्ला कमिटि र अनेरास्ववियु धौलागिरी बहुमुखी क्याम्पस कमिटिको संयुक्त आयोजनामा मंगलबार क्याम्पसको मुख्यद्धारमा स्वागत ब्यानरको अनावरण भएको छ ।

त्यस्तै अनेरास्ववियु बागलुङले अध्ययनमा मात्र नभएर विभिन्न सिर्जना र रचनामा अब्बल रहेका विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा पहिचान कार्यक्रम आयोजना गरेको थियो ।

नयाँ पुस्ताका रुचि र चाहनाका क्षेत्रमा संगठनले र्डोयाउनका लागि कविता, गायन, नृत्य, मुक्तक, गजल, वाद्यवाधन लगायतका सिर्जनात्मक र रचनात्मक कार्यमा रुचि भएका विद्यार्थीको प्रतिभालाई पहिचानमा जोड दिएको अनेरास्ववियु बागलुङका अध्यक्ष रोशन जि.सीले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै नेकपा एमाले बागलुङका सदस्य तथा विद्यार्थी फाँटका इन्चार्ज शेखर खड्का (झलक) ले विद्यार्थी आन्दोलनको ६० वर्षे इतिहासमै पृथक कार्यक्रम आयोजनाले विद्यार्थीहरूको रूचि र हाम्रो कार्यशैलीबीच कहाँकहाँ तालमेल मिलिरहेको छैन, ती ठाउँमा अनेरास्ववियुले र्पुयाउने र उनीहरूको रूचि संगठनसँग जोडिने बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियु बागलुङका अध्यक्ष रोशन जि.सीले विद्यार्थी आन्दोलनमा अब नवीनता नथप्ने हो भने आन्दोलनले गति लिँदैन र यस प्रकारका कार्यक्रमले विद्यार्थी संगठन आवश्यक नै छैन भन्ने विचारलाई चिर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ बागलुङका सभापति बिशेष पराजुली, अनेरास्ववियु धौलागिरी बहुमुखी क्याम्पस कमिटी पुर्व अध्यक्ष प्रभु सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिभा पहिचान कार्यक्रम अन्तरगत विभिन्न विधामा धौलागिरी क्याम्पसमा अध्ययनरत २५ जना भन्दा बढि विद्यार्थीले आफ्नो सिर्जना तथा रचना प्रस्तुत गरेका थिए । कार्यक्रम अनेरास्ववियु धौलागिरी बहुमुखी क्याम्पस कमिटी उपाध्यक्ष चन्द्रिका मगरको अध्यक्षता, सचिव घनश्याम कँडेलको सञ्चालन तथा अनेरास्ववियु बागलुङका सहसचिव मनिष कँडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

त्यस्तै मंगलबार नै अनेरास्ववियुले ६० औं स्थापना दिवस एंव हिरक जयन्तीको अवसरमा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न गरेको छ ।

दिपप्रज्वलन कार्यक्रममा नेकपा एमाले बागलुङका सदस्य शेखर खड्का, शिव शर्मा, अनेरास्ववियु बागलुङका अध्यक्ष रोशन जि.सी, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियू सदस्य आश्मिन शेख, सुदन विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम धौलागिरी बहुमुखी क्याम्पस कमिटीका सचिव घनश्याम कँडेलको अध्यक्षता तथा अनेरास्ववियु बागलुङका सहसचिव मनिष कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

अनेरास्ववियु केन्द्रिय कमिटिको आयोजनामा जेठ १ गतेदेखि काठमाडौँमा विद्यार्थी महोत्सवको आयोजना गरेको छ । जेठ १ देखि ३ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्न लागिएको विद्यार्थी महोत्सवमा युवा विद्यार्थीलाई मातृभूमि प्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढ्छु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ मार्फत नयाँ जागरण ल्याउने प्रयास गर्न लागिएको अनेरास्ववियुका केन्द्रिय सचिव तथा प्रवक्ता प्रकाश पौडेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *