जनताको बहुदलीय जनवादले विजय हासिल गर्याै


आदर्श अनलाइन, बागलुङ

३१ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बागलुङ आयोजना गरिएको विचार गोष्ठीमा बोल्ने वक्ताहरुले जनताको बहुदलीय जनवादको विजय भएको बताएका छन् ।

बिहीबार नेकपा एमाले बागलुङले राजनीतिक दलहरुका विचमा आयोजना गरेको नेपालको वर्तमान परिप्रेक्षमा जबजको औचित्य र सान्दर्भिकता विषयक विचार गोष्ठीमा बोल्ने वक्ताहरुले कम्यूनिष्ट पार्टी सकियो, यसका नामबाट अगाडी बढ्न सकिन्न भनेर पार्टीका नाम र झण्डा फर्ने दक्षिणपन्थी विर्षजनका विचबाट जननेता मदन भण्डारीले कम्यूनिष्ट पार्टी जोगाएको स्मरण गरेका थिए ।
नेपाली समाजमा उग्रवादी विचार र चिन्तन छ्याप छ्याप्ती भएको समयमा कम्युनिष्ट पार्टी जोगाएर सिंगो राज्यलाई लोकतन्त्रिकरण गरेको भन्दै विचारका क्षेत्रमा जनताको बहुदलीय जनवादले विजय हासिल गरेको बताएका हुन् ।

जननेता भण्डारीले प्रतिपादन गरेका १४ वटा विषेशताबाट एकिकृत गर्दै मिश्रित आर्थिक व्यवस्था र राजनीतिक उदारवादलाई अवलम्बन गर्न सके मात्र देशको विकास हुने बताएका थिए । गोष्ठीमा जीवराज आश्रितको पनि स्मरण गरिएको थियो । एमालेको संगठन विस्तारमा आश्रितले पुर्याएको योगदान सधैँ सम्झनामा रहने भन्दै सहभागीले श्रद्धा व्यक्त गरेका थिए ।

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख २०५० जेठ ३ गते सडक दुर्घटनामा निधन भएको थियो ।

विचार गोष्ठीमा नेकपा एमाले पोलिटव्यूरो सदस्य मनकुमारी केसी, केन्द्रिय कमिटी सदस्य इन्द्रलाल सापकोटा, सुर्य पाठक, नेपाली काँग्रेसका जगन्नाथ आचार्य, नेकपा माओवादी गण्डकी प्रदेश कमिटी उपाध्यक्ष ज्ञामनाथ गैरे, नेपाल समाजवादी पार्टी केन्द्रिय सदस्य चित्र सापकोटा, राष्ट्रिय जनमोर्चा जिल्ला सचिवाल सदस्य थानेश्वर सुवेदी, नेकपा एकिकृत समाजवादीका अध्यक्ष लाल बहादुर थापा लगाएतले बोल्नु भएको थियो ।

गोष्ठीमा विषय वस्तु प्रस्तुतिकरण उप प्राध्यापक डा. डिल्लीराज गौतमले गर्नुभएको थियो । गोष्ठी एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, उपसचिव धनबहादुर परियारको स्वात र सचिव गणेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *