बागलुङका सिडीओ रिजालको सरुवा, सुवेदी आउने

आदर्श अनलाइन, बागलुङ

नेपाल सरकार गृह मन्त्रालयले बागलुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

गृह मन्त्रालयले नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको शुक्रवारको मन्त्रीस्तरिय निर्णय अनुसार गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव नेत्र प्रसाद सुवेदीको प्रमुख जिल्ला अधिकारीको रूपमा बागलुङमा पदस्थापन गरिएको छ ।

गृह मन्त्रालयले बागलुङको सीडीओमा नेत्र सुवेदीलाई सरूवा गरेको छ भने बागलुङका खगेन्द्र रिजालको बाँकेमा सरुवा भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *