दीक्षा भण्डारी मृत्यु प्रकरण : क्षेत्री समाज र विद्यामन्दिर माविद्वारा उचित छानबिनको माग

आदर्श अनलाइन, बागलुङ
१७ वर्षीया युवती दीक्षा भण्डारीको रहस्यमय मृत्युप्रति क्षेत्री समाज बागलुङले ध्यानाकर्षण भएको जनाएको छ । हत्या भएको दाबीसहित शवको धौलागिरी अस्पताल बागलुङमै पोस्मार्टम हुनु पर्ने माग गर्दै आफन्तले नाराजुलुस गर्दै आएका छन् । क्षेति समाज बागलुङले एक विज्ञप्ती जारी गर्दै उचित छानबिनको माग गरेको छ ।

बागलुङ नगरपालिका–१० भकुण्डे गलुवा स्थित क्षेति समाजका शुभ चिन्तक देवेन्द्र भण्डारी र सावित्रा खड्काकी छोरीको रहस्यमय निधन भएको भन्दै उचित छानबिन गरी दोषिलाई कार्षही गर्न समाजले माग गरेको हो । समाजका अध्यक्ष रुद्र महतद्वारा हस्ताक्षरीत विज्ञप्तीमा दोषी र निर्दोषी छुट्टाउन माग गरिएको छ ।

जेठ १ गते साँझ खहरे स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी युवतीका माइती पक्षले जिल्ला प्रहरी कार्यालय बागलुङमा मृतक युवतीका श्रीमान र सासु विरुद्ध कर्तव्य ज्यान कसुर शिर्षकमा मुद्दा दर्ता गराएका छन् ।

त्यस्तै विद्यामन्दिर माध्यमिक विद्यालयले पनि एक विज्ञप्ती जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाहीको माग गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *