चिल्ड्रेन लाईफ र पावर फिटनेस क्लब जिल्ला लिगको फाइनलमा

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधिको लागि बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ) र पावर फिटनेस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार समुह ‘ख’को अन्तिम चरणको खेलमा बाल जीवनले रामरेखा फुटबल क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । बाल जीवनको जितमा निश्चल महतले ह्याट्रिक गरे । खेलको १८ औं मिनेटमा पहिलो गोल गरेका निश्चिलले खेलको ६० औं र ६३ औं मिनेटमा गोल गर्दै प्रतियोगितामा आफ्नो पहिलो ह्याट्रिक गरे । बाल जीवनको लागि खेलको ३२ औं मिनेटमा सोनम विक र खेलको ५८ औं मिनेटमा विपुल कार्कीले गोल गरेका थिए ।

बाल जीवनले समुह ‘ख’मा अपराजित रहँदै नौं अंकको साथ शिर्ष स्थानमा रहेर फाइनल पुगेको हो । प्रतियोगितामा कुनै अंक जोडन नसकेको रामरेखा रेलिगेशनमा परेको छ । रामरेखाले प्रतियोगितामा १२ गोल खादा २ गोल मात्र गर्न सक्यो ।

पावर फिटनेस क्लब शुक्रबार नै फाइनल पुगिसकेको छ । शुक्रबार पावर फिटनेसले रुद्रेपिपल युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै समुह ‘क’को शिर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको थियो । फाइनल खेल आईतबार दिउँसो हुने आयोजक बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो ।

यस्तै शनिबारको दोस्रो खेल तथा समुह ‘ख’को अन्तिम खेल वर्षाको कारण अवरुद्ध भएपछि एक-एक अंक बाढेका छन् । गुठी युनाइटेड र वीर गोर्खाली विचको खेलको सुरुवातमा भारी वर्षा भएपछि दुई टिमसँगको सहमतिमा एक-एक अंक बाँढिएको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

जिल्ला फुटबल संघले ८ टिम सहभागि लिगलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता संचालन गरेको थियो । लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने कोषाध्यक्ष सूर्य लामिछानेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *