आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले काठेखोला गाँउ कमिटिको दोर्सो अधिवेशनबाट पुन : डिल बहादुर कार्की निर्वाचित हुनुभएको छ ।
कमिटिको उपाध्यक्षमा नर बहादुर क्षेत्री, सचिवमा तिलक खड्का, उप-सचिवमा राजु गौतम र उजेली शर्मा चयन हुनुभएको छ ।
अधिवेशनले ६१ सदस्यीय कमिटि गठन गरेको निर्वाचन समिति संयोजक डाक्टर डिल्लीराज गौतमले जानकारी दिनुभयो ।
शनिबार सम्पन्न अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गर्नुभएको थियो ।
काठेखोला गाँउपालिका वडा नम्बर ६ बिहुँ सुल्डाँडामा सम्पन्न अधिवेशन शुरू हुनुअघि नारा सहित र्याली गरिएको थियो ।