बंगबन्धु कबड्डीका लागि नेपालको राष्ट्रिय टिममा बागलुङका थापा छनोट

आदर्श अनलाइन, बागलुङ

कबड्डीको राष्ट्रिय टोलीमा बागलुङका विशाल थापा छनोट भएका छन् । जेठ १३ देखि २१ गतेसम्म बंगलादेशको ढाकामा हुने बंगबन्धु अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुन गईरहेको छ
उक्त प्रतियोगिताका लागि कबड्डी राष्ट्रिय टोलीको अन्तिम सूचिमा बागलुङका विशाल थापाले स्थान बनाउन सफल भएका हुन् ।

बागलुङ जिल्ला वडिगाड गाउँपालिका वडा नम्बर ४ का विशाल थापाले कञ्चपुरमा सम्पन्न राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सहितको अन्तिम १२ को छनौटमा नेपाली टोलीमा स्थान बनाउन सफल भएको गण्डकी प्रदेशका कबड्डी प्रशिक्षक सन्दिप पन्तले जानकारी दिनुभयो । बागलुङ नगरपालिका वडा नम्बर ३ स्थित कालिका कन्या माध्यमिक विद्यालयमा अध्ययनरत थापाले कक्षा ८ देखि कबड्डी खेल्न शुरु गरेका थिए । आफ्नो लगन र मेहेनतले थापा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य बन्न सफल भएको प्रशिक्षक पन्तले बताउनुभयो ।

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै कबड्डीको राष्ट्रिय टोलीमा थापा एकमात्र खेलाडी हुनुहुन्छ । थापाले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दे राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छन् ।

बंगबन्धु कबड्डी प्रतियोगितामा थाइल्याण्ड, नेपाल, जापान, श्रीलंका, इराक, मलेसिया, इन्डोनेसिया, पाकिस्तान, दक्षिण कोरिया, केन्या, पोल्याण्ड र बंगलादेश सहित १२ देशले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन् । नेपाली टोली शुक्रबार बंगलादेश प्रस्थान गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *