बागलुङमा प्रथम आदर्श कप फुटबल प्रतियोगिता शुरू

रोहन जि.सी, बागलुङ

आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजना र आदर्श विद्यामन्दिर माविको सह–आयोजनामा आइतबारदेखि प्रथम आदर्श कप फुटबल प्रतियोगिता शुरू भएको छ ।

प्रथम आदर्श कप फुटबल प्रतियोगितामा आयोजक आदर्श विद्यामन्दिर मावि ‘पहेलो’, गुराँस विद्या सदन र अमर आदर्शले विजयी शुरु गरेका छन् । प्रतियोगिताको उद्घाटन जैमिनी नगरपालिकाका नगर उप-प्रमुख हरिहर शर्माले गर्नुभएको थियो ।

बागलुङ नगरपालिकाको बाङेचौर खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा आयोजक आदर्शले गरिमा माविलाई ०–२, दोस्रो खेलमा गुराँस विद्या सदनले धवलागिरि माविलाई ०–१ र तेस्रो खेलमा अमर आदर्श माविले कुँडुले माविलाई ०–३ गोलले पराजित गर्दे विजयी यात्रा शुरु गरेका हुन् । प्रतियोगिताको पहिलो खेलमा आदर्श ‘पहेलो’ को जितमा सुमिप शाहीले ५ र सुझाव बानियाँले २१ औं मिनेटमा गोल गरे । उक्तमा उत्कृष्ट प्रदर्शन गरेका आदर्शका सुशिल पुन म्यान अफ दि म्याच घोषित भएका थिए ।

दोस्रो खेलमा गुँरास विद्या सदन धौलागिरि आवासीय माविलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ। प्रतियोगिताको तेस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अमर आदर्श स्पोर्टस् क्लबले कुँडुले माविमाथि जीत हासिल गरेको हो ।

प्रतियोगिताको दोस्रो सोमबार रुद्रेपिपल मावि विरुद्व सिद्वार्थ शिक्षा सदन, फ्युचर ब्राइटर विरुद्व सनराईज, पर्वत मावि विरुद्व न्यु एभरेष्ट एकेडेमी, आयोजक आदर्श ‘सेतो’ विरुद्व न्यु ओयसिस एकेडेमी भीड्ने छन् ।

कार्यक्रम आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीको अध्यक्षता, शिक्षक शिव पौडेलको स्वागत तथा उद्घाटन शिक्षक युनिस दिन मियाँको संचालनमा सम्पन्न भएको थियो ।

१५ टोली सहभागी प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडेल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडि, मिडफिल्डर, गोलरक्षक, डिफेन्डर, उच्च गोलकर्ता र उत्कृष्ट स्ट्राइकरलाई विधागत रुपमा पुरस्कृत गरिने आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका दिपक सुवेदीले जानकारी दिनुभयो।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *