मैत्रीपूर्ण फुटसलमा पत्रकार महासंघ बिजयी

आदर्श अनलाइन, बागलुङ

प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा बागलुङमा आयोजित मैत्री पूर्ण फुटसलमा पत्रकार महासंघ बागलुङ विजयी भएको छ ।

खेलको उद्घाटन गर्दै नेपाली काँग्रेस बागलुङका सचिव तथा जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले पेशागत हक हितका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रेस युनियन बागलुङले त्रिदिवसीय बिभिन्न कार्यक्रममा साथ आयोजना गरेको नेपाल पत्रकार महासंघ बागलुङ र पत्रकारका पेशागत संघ संगठनबीच मैत्रीपूर्ण फुटसल प्रतियोगितामा महासंघ बिजयी भएको हो । पत्रकार महासंघले ९ गोल गरेको थियो भने पेशागत संघ संगठनको तर्फबाट ७ गोल भएको थियो ।

महासंघको तर्फबाट बिजय राना, सचदेव क्षेत्री, ताराप्रसाद शर्मा र अर्जुन कार्कीले गोल गर्नु भएको थियो । पेशागत संघ संगठनको तर्फबाट रोहन जिसीले ७ गोल गर्नु भएको थियो ।

कार्यक्रम प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता र सचिव डम्वर बुढाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *