सहकारीप्रतिको विश्वास जगाउन सहकार्य गरौ : मेयर श्रेष्ठ

रोहन जि.सी, बागलुङ

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको सहकारी क्षेत्रप्रतिको विश्वास कायम राख्नका लागि सबै सरोकारवालाहरुबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संघ संस्थाहरुका लागि आयोजना गरेको कोपामिस सम्बन्धी दुई दिने तालिमको मंगलवार उद्घाटन पछि बोल्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनु भएको हो ।

बागलुङमा प्रदेश र संघीय कार्यक्षेत्र भएका २ वटा सहकारीमा आएको समस्याका कारण सहकारी क्षेत्रप्रतिको विश्वासमा केही कमी आएको छ नगरप्रमुख श्रेष्ठले भन्नुभयो, नगरपालिकाको नियमन क्षेत्र भित्रका सहकारीमा त्यस खालको समस्या आउन नदिन नगरपालिकाले निरन्तर समन्वय र सहकार्य गरिरहेको छ ।

केही सहकारीहरुमा देखिएको समस्याका कारण आम सहकारीलाई आरोपित गर्ने, अविश्वास गर्ने अवस्था रहेको भन्दै उहाँले सहकारीप्रतिको विश्वासलाई कायम राख्नका लागि अभियान, सरकार र अन्य सरोकारवालाहरुबीच सहकार्यमा जोड दिनु भएको हो ।

नगरपालिकाले आफ्नो नियमनमा पर्ने सहकारीहरुको नियमित अनुगमन गरी सुझाव दिनुका साथै सहकारीलाई नीतिगत रुपमा सञ्चालनका लागि क्षमता अभिवृद्धिका कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वागत संघका सचिव तेज प्रसाद शर्मा र सञ्चालन बागलुङ नगरपालिकाका सहकारी शाखा प्रमुख प्रेम प्रसाद शर्माले गर्नु भएको थियो ।

३५ वटा सहकारीका कोमोमिस हेर्ने कर्मचारीहरुको सहभागिता रहेको तालिममा संघीय सहकारी विभागका कम्प्युटर अधिकृत प्रेम शर्माले सहजीकरण गर्नु भएको छ ।

सरकारले सम्पूर्ण सहकारीको तथ्यांक समावेश हुने गरी कोमोमिस प्रणालीको व्यवस्था गरेको छ । कोपोमिसमा आवद्ध नभएमा कर कार्यालयबाट प्राप्त हुने करचुक्ता प्रमाण नदिन विभागले सर्कुलर समेत गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *