प्रथम आदर्श कपको सेमीफाइनलको समिकरण पुरा

रोहन जि.सी, बागलुङ

बागलुङमा जारी प्रथम आदर्श कपको क्वाटरफाइनलको समिकरण पुरा भएको छ ।

आयोजक आदर्श विद्यामन्दिर माविका दुई टोली ‘पहेलो’ र ‘सेतो’सहित अमर आदर्श आमावि र फ्युचर ब्राइटर आमावि सेमीफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार सम्पन्न क्वाटरफाइनलका खेलमा आदर्श ‘पहेलो’ले गुराँस विद्या सदन, आदर्श ‘सेतो’ले विद्यामन्दिर मावि, अमर आदर्शले सिद्वार्थ शिक्षा सदन र फ्युचर ब्राइटरले न्यु एभरेष्ट एकेडेमीलाई पराजित गर्दै प्रथम आदर्श कपको सेमीफाइनल प्रवेश गरेका हुन् ।

निकै प्रतिष्पर्धात्मक चारै क्वाटरफाइनलको खेलको टुंगो भने ट्राईबेकरबाट लागेको हो । क्वाटरफाइनलको पहिलो खेलमा आयोजक आदर्श ‘पहेलो’ का सुझाव शेरचनले खेलको १३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यो लामो समय टिक्न सकेन । खेलको ३४ औं मिनेटमा डि–बक्स नजिकैबाट पाएको फ्रि–किलाई गुराँसका श्रीजन शर्माले आर्कषक गोलमा परिणत गरेपछि खेल बराबरी गरेका थिए ।

निर्धारित समयमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आयोजक आदर्श ‘पहेलो’ ६–५ गोलले विजय भएको हो । आदर्श ‘पहेलो’ले बुधबार हुने पहिलो सेमीफाइनल खेलमा अमर आदर्शको सामना गर्ने छ ।

क्वाटरफाइनलको दोस्रो खेलमा सिद्वार्थ शिक्षा सदनलाई ३–४ गोलले स्तब्ध पार्दै अमर आदर्श सेमीफाइनलमा प्रवेश गरेको हो ।

तेस्रो खेलमा आयोजक आदर्श ‘सेतो’ले विद्यामन्दिरमाथि ३–१ गोलको जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ । आदर्श ‘सेतो’ले बुधबार हुने दोस्रो सेमीफाइनल खेलमा फ्युचरको सामना गर्ने छ ।

मंगलबार नै सम्पन्न क्वाटरफाइनल खेलमा न्यु एभरेष्ट एकेडेमीलाई पराजित गर्दै फ्युचर ब्राइटर सेमीफाइनलमा प्रवेश गरेको छ । फ्युचरले एभरेष्टलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्यो ।

प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडेल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडि, मिडफिल्डर, गोलरक्षक, डिफेन्डर, उच्च गोलकर्ता र वेष्ट स्ट्राइकरलाई विधागत रुपमा पुरस्कृत गरिने आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिनुभयो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *