अमर आदर्श मावि युरेसद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

आदर्श अनलाइन, बागलुङ

गणतन्त्र दिवसको अवसरमा अमर आदर्श माध्यमिक विद्यालयमा गठित युवा रेडक्रस सर्कलको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

अमर आदर्श माध्यमिक विद्यालयको समन्वयमा आयोजित कार्यक्रममा इसान पौडेल प्रथम, आरोही सुवेदी द्वितीय, विवेक बर्देवा तृतीय तथा पवित्रा कार्कीले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।

कार्यक्रम अमर आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक हेमन्त थापा, सह-प्रधानध्यापक कमल पन्त लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम युवा रेडक्रस सर्कल अध्यक्ष नेहारिका कार्कीको अध्यक्षता, सचिव संगिना खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा कक्षा ६ देखि १० सम्मका ३१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *