आदर्श अनलाइन, बागलुङ
बागलुङमा विद्यार्थीका लागि लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
बागलुङ जेसीजको आयोजना तथा कालिगण्डकी आवासीय माध्यमिक विद्यालयको समन्वयमा दुर्व्यसनी बिरुद्ध सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयका कक्षा १० मा अध्ययनरत ५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसनको असर र यसबाट हुने क्षतीबारे सहजिकरण गरिएको थियो । पछिल्लो समय धेरै युवा युवतीहरु दुर्व्यसनीको सिकार भएको भन्दै विद्यालय स्तरमै चेतना प्रवाह गर्नुपर्ने उदेश्यले विद्यालयमा कार्यक्रमको आयोजना गरिएको बागलुङ जेसीजले जनाएको छ ।
कार्यक्रमको सहजिकरण विक्रम जि.सीले गर्नुभएको थियो ।
विद्यालयमा सिकाईएका कुराहरु प्रभावकारी हुने र विद्यार्थी एक असल र इमान्दारी अवस्थाको रुपमा रहने भन्दै उनिहरुले सिकेका कुराहरु कार्यन्वयन हुने, अन्य व्यक्ति, समुदाय र समाजमा समेत आफ्नो अनुभवलाई लागु गर्न प्रभावकारी भुमिका खेल्ने जि.सीले बताउनुभयो ।
कार्यक्रममा बागलुङ जेसीजका पूर्व अध्यक्ष तथा कालिगण्डकी आवासीय माध्यमिक विद्यालयका प्रधानध्यापक सुरेन्द्र शाक्यले यस कार्यक्रमलाई विद्यार्थी संग जोड्न पाउँदा लागु औषध दुर्व्यसन न्युनिकरणमा थप सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष गणेश महतोको अध्यक्षता तथा उपाध्यक्ष रोहन जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।