पहिलो संस्करणको आदर्श कपको उपाधिका लागि आयोजकका दुवै टिम भिड्ने

रोहन जि.सी, बागलुङ

बागलुङमा जारी प्रथम आदर्श कप २०८१ को फाइनलमा आयोजक आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका दुवै टिम प्रवेश गरेका छन् ।

बुधबार सम्पन्न सेमीफाइनल खेल जित्दै आयोजकका दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । फाइनल खेलमा पहिलो रोजाईका खेलाडिले भरिएको आदर्श ‘पहेलो’ टिम माथि दोस्रो रोजाईका खेलाडि सम्मिलित ‘सेतो’ हाबी बन्न सक्ने अनुमान गरिएको छ ।

पहिलो सेमीफाइनल खेलमा अमर आदर्श माविविरुद्व ०–४ गोलको अन्तरले आदर्श विद्यामन्दिर ‘पहेलो’ फाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलको खेलमा गुराँस विद्या सदनविरुद्व ट्राइबेकरमा कठिन जित निकालेको आदर्श विद्यामन्दिर ‘पहेलो’ले सेमीफाइनलमा अमर आदर्शविरुद्व सहजै जित निकालेको हो ।

निकै प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको खेलमा अमर आदर्शले कुनै जादु देखाउन सकेन । आदर्श ‘पहेलो’को जितका लागि सुझाव बानियाँले दुई गोलको योगदान गर्दा सुशिल पुन मगर र अभिषेक सापकोटाले एक÷एक गोल गरेका थिए ।

बुधबारै सम्पन्न सेमीफाइनलको दोस्रो खेलमा आयोजक आदर्श विद्यामन्दिर ‘सेतो’ले फ्युचर ब्राइटर माविमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । आदर्श ‘सेतो’को जितमा सक्षम सापकोटाले खेलको १६ औं मिनेटमा निर्णायक गोल गरे ।

बिहिबार दिउँसो दुई बजे आयोजक आदर्शका दुई टोली ‘पहेलो’ र ‘सेतो’ बीच फाइनल खेल हुनेछ आयोजक आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक दिपक सुवेदीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडि, मिडफिल्डर, गोलरक्षक, डिफेन्डर, उच्च गोलकर्ता र वेष्ट स्ट्राइकरलाई विधागत रुपमा पुरस्कृत गरिने आयोजक आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक युनिस दिन मिँयाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *