रघुगंगामा महिनावारी स्वच्छन्दता विषयक वक्तृत्वकला

आदर्श अनलाइन, म्याग्दी

स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आयोजित रघुगंगा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा मुक्तिधाम माध्यमिक विद्यालयकी छात्राले पहिलो स्थान हासिल गरेकी छिन् ।

महिनावारी स्वच्छन्दता विषयक उक्त प्रतियोगितामा मुक्तिधाम मावि भगवतीकी रेजीता भण्डारीले पहिलो स्थान हासिल गर्दा महादेव माध्यमिक विद्यालय बेगकी बविता गर्बुजाले द्धितीय स्थान हासिल गरेकी छिन् । रघुगंगा माध्यमिक विद्यालय पिप्लेकी रविसा मल्ला तृतीय र मालिका अधारभुत विद्यालय ठाडाखानीकी ललीता छन्त्यालले सान्त्वना स्थान हासिल गरेकी थिइन् ।

रघुगंगा गाउँपालिका भित्रका विद्यालयहरुका विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगितामा महिनावारीको वारेमा सचेतनाका साथै स्वच्छन्दताका सन्दर्भमा पनि विद्यार्थीले बिचार व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *