समृद्धिका लागि एमालेको विकल्प छैन : उपमहासचिव गुरुङ

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेका उप-महासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय स्वाधिनता बचाउनका लागि एमालेको एकल बहुमतको सरकार हुन जरूरी रहेको र यसका लागि नगर, गाँउ र वडा कमिटिको भूमिका महत्वपूर्ण रहनुपर्ने बताउनुभयो ।

नेकपा एमाले बागलुङ नगर कमिटीको दोस्रो अधिवेशनको शुक्रबार बागलुङ बजारमा उद्घाटन पछि बोल्दै संघिय सांसद गुरूङले मुलुकको विकास, सुशासन, स्थिरता, सुरक्षाका लागि नेकपा एमालेको बिकल्प नरहेको र दलाल नोकरसाही पुजीबादको अन्त्य गर्दै राष्ट्रिय पूँजीबादको बाटोबाट समाजवाद प्रवेश गर्नुपर्ने बताउनुभयो । सांसद गुरूङले शिक्षा र स्वास्थ्यको दायित्व राज्यले बोक्नु पर्ने तथा मुलुकको समृद्धि र विकासलाई गतिशील तुल्याउन एमाले मात्र राष्ट्रको एकमात्र निर्णायक शक्ति रहेकोमा जोड दिनुभयो ।

अधिवेशनमा नेकपा एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज जगत विश्वकर्मा, केन्द्रीय पोलिटब्युरो सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज मन कुमारी के.सी जि.सी, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य गोविन्द नेपाली, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सह–इन्चार्ज इन्द्रलाल सापकोटा, केन्द्रिय सदस्य तथा रिटर्नी फेडरेशन इन्चार्ज डाक्टर सुर्य पाठक, बागलुङ जिल्ला कमिटीका अध्यक्ष हिरा बहादुर के.सी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेकपा एमाले बागलुङ नगर कमिटीका कार्यवहाक अध्यक्ष खिमराज सापकोटाको अध्यक्षता, उपसचिव कृष्ण कार्कीको स्वागत तथा सचिव रामकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *