प्रथम आदर्श कपको उपाधि आदर्श विद्यामन्दिर ‘पहेलो’ लाई

रोहन जि.सी, बागलुङ

पहिलो संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको उपाधि आयोजक आदर्श विद्यामन्दिर मावि ‘पहेलो’ ले हासिल गरेको छ ।

आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजना तथा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयको सह आयोजनामा आयोजित गरेको आदर्श कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले जिaतेको छ ।

बिहिबार सम्पन्न दुई आयोजक टोली आदर्श विद्यामन्दिर ‘पहेलो’ र ‘सेतो’ बीचको फाइनल खेल निर्धारित समय गोलरहित बराबरी भएपछि ‘पहेलो’ले ट्राईबेकरमा जित हासिल गरेको हो । आदर्श विद्यामन्दिर ‘सेतो’ विरुद्व ५–६ गोल गर्दै ‘पहेलो’ले उपाधि जितेको हो ।

आदर्श कपको विजेता आदर्श विद्यामन्दिर ‘पहेलो’ले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेता आदर्श ‘सेतो’ले ३३ हजार ३ सय ३३ रुपैयाँ सहित ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका सेमीफाइनलिष्ट टोलीलाई ११÷११ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो ।

प्रतियोगिताको विधागत पुरस्कारमा उत्कृष्ट कोच तर्फ आदर्श विद्यामन्दिरका अनुप पाण्डे, सर्वोत्कृृष्ट खेलाडि र उच्च गोलकर्तामा आदर्श पहेलोका सुझाव बानियाँ, उत्कृष्ट मिडफिल्डरमा अमर आदर्शका समिर बोहरा, उत्कृष्ट गोलरक्षक तर्फ आदर्श सेतोका इशान खड्का, उत्कृष्ट डिफेन्डर तर्फ आदर्श पहेलोका अरुण शेरपुजा, उत्कृष्ट स्ट्राइकर तर्फ फ्युचर ब्राइटरका अमृत शर्मा पुरस्कुत भएको र गुराँस विद्या सदनले अनुशासित टोलीको पुरस्कार प्राप्त गरेको आयोजक आदर्श विद्यामन्दिर स्पोटर्स क्लबका अध्यक्ष राजेश के.सीले जानकारी दिनुभयो ।

यसैबीच, आदर्श कपको अवसरमा आयोजित मैत्रीपुर्ण छात्रा फुटबल खेलमा धवलागिरि बोर्डिङ स्कुल विजयी भएको छ । आयोजक आदर्श विद्यामन्दिर माविलाई ०–२ गोलले पराजित गर्दै धवलागिरि बोर्डिङ विजयी भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *