बागलुङका सहकारीकर्मीको एउटै आवाज : ‘ऋण तिर्न अटेर गर्नेहरुको नाम सार्वजनिक गर्छौ’


आदर्श अनलाइन, बागलुङ

सहकारीबाट लगेको ऋण समयमै भुक्तान गर्न बागलुङका सहकारीकर्मीहरुले ऋणी शेयर सदस्यहरुलाई आव्हान गरेका छन् ।

जिल्लामा क्रियाशिल सहकारी संस्थाका अध्यक्षहरुको मंगलवार सम्पन्न परामर्श वैैठकले सहकारीबाट लगेको ऋण समयमा तिर्न सबै ऋणी सदस्यहरुलाई आव्हान गर्ने निर्णय गरेको हो ।

ऋण तिर्न पर्दैन, ऋण मिनाहा हुन्छ भन्ने खालका भ्रमहरु बजारमा फैलाइएकोले सहकारीहरु संयुक्त रुपमा जुटेर ऋण भुक्तानका लागि आव्हान गर्ने निर्णय गरिएको सहकारीकर्मीहरुले बताएका छन् । ऋण तिर्न अटेर गर्नेहरुको पहिचान गर्दैछौ, सदस्यको वचत रकमबाट ऋण लगेर नतिर्नेहरुलाई संयुक्त रुपमा सदस्यहरुका बीचमा ल्याउनेछौ, उनीहरुको भनाइ छ ।

Exif_JPEG_420

सहकारीले सदस्यहरुलाई लगानी गरेको ऋण, शेयर सदस्यहरुबाटै वचत संकलन गरेको रकम हो, सदस्यहरुले खाइ नखाई जम्मा गरेको वचत रकमबाट गरिएको ऋण मिनाहा हुन्छ, तिर्न पर्र्दैन भन्ने, ऋण माग्न जादा कर्मचारीलाई धम्क्याउने, तिर्न पर्दैन जस्तो गर्ने प्रवृतिहरु देखिएका छन, सहकारीकर्मीहरुले वैठकमा भने,–सदस्यहरुले खुन पसिना बगाएर वचत गरेको रकम सुरक्षण गर्ने जिम्मा संस्थाका सञ्चालक र कर्मचारीहरुको हो, ऋण लगेर समयमै भुक्तान गर्ने जिम्मेवारी ऋणी सदस्यहरुको हो ।

परामर्श वैठकबाट जिल्लाका सबै सहकारीहरुको तर्फबाट संयुक्त अपिल प्रकाशन गरी जेठ मसान्तभित्र आफुले ऋण लगेको संस्थामा सम्पर्क गरी ऋण मिलान गर्न आव्हान गरिएको छ । सहकारीको ऋण लगेर भुक्तान नगर्ने, पटक पटक ताकेता गर्दा पनि वेवास्ता गर्ने, ऋण असुलीका लागि संस्थाले सम्पर्क गर्दा उल्टै धम्क्याउने, संस्थाकै बारेमा गलत प्रचार गर्ने जस्ता प्रवृतिहरुको अन्त्यका लागि सबै सहकारी संघ संस्थाहरुले एकतावद्ध भएर असुली अभियान सञ्चालन गर्ने निर्णय वैठकले गरेको छ ।

सहकारीकर्मीहरुले सहकारीको वचत सुरक्षणको जिम्मा सञ्चालक र कर्मचारीले लिए जस्तै ऋण भुक्तानीको जिम्मा ऋणी सदस्यहरुले लिनु पर्ने भन्दै ऋण असुलीका लागि सहयोग गर्न जिल्लाका १० वटै पालिकाहरु, ८५ वटै वडाहरु, राजनीतिक दल लगायतसंग सरोकारवालाहरुसंग छलफल तथा परामर्श गर्ने निर्णय गरेका छन् ।

सहकारीबाट ऋण लगेर नतिर्नेहरु विभिन्न क्षेत्रका अगुवाहरु समेत रहेको गुनासो आउने गरेको छ, सामाजिक प्रतिष्ठा कमाएका व्यक्तिहरुले समेत ऋण नतिर्ने प्रवृति देखिएकाले सरोकारवालाहरुलाई ऋण भुक्तान गर्नका लागि सहजीकरण गर्न अनुरोध गर्ने निर्णय वैठकले गरेको छ ।

ऋण सदस्यको दायित्व हो, ऋणका रुपमा लगानी भएको रकम सदस्यहरुले नै वचत जम्मा गरेको रकम हो, ऋण असुली भएन भने वित्तीय संस्थाले वचत फिर्ता गर्न गाह्रो हुन्छ, सहकारीको रकम निजी व्यवसायमा लगानी गरेका कारण समस्यामा परेका केही सहकारीहरुलाई देखाएर सदस्य केन्द्रीत कारोबार गर्ने, सदस्यहरुलाई ऋण लगानी गरेका अन्य सहकारीहरुलाई समेत समस्यामा पार्ने खालका गतिविधि नगर्न समेत सहकारीकर्मीहरुले आग्रह गरेका छन् ।

वैठकले ऋण भुक्तानीका लागि सम्पूर्ण ऋणी सदस्यहरुलाई संयुक्त अपिल गर्ने, खराव ऋणीहरुको पहिचान र असुली अभियान एकतावद्ध रुपमा अगाडि बढाउने, ऋण असुली अभियानमा सहयोग गर्न १० वटै पालिकालाई अनुरोध गर्ने, जिल्लामा क्रियाशिल राजनीतिक दलहरुसंग अन्तरक्रिया गर्ने, वडा अध्यक्षहरुलाई ऋण असुली अभियानमा सहयोग गर्न आव्हान गर्ने, विदेशमा रहेर पनि ऋण नतिर्नेहरुको हकमा दूतावासमार्फत जानकारी गराउने लगायतका निर्णय गरेको संघका सचिव तेज प्रसाद शर्माले जानकारी दिनुभयो ।

पहिलो चरणमा ऋण लिएको संस्थामा सम्पर्क गरी ऋण भुक्तानीको योजना प्रस्तुत गर्न आव्हान गरेका छौ, सचिव शर्माले भन्नुभयो,– ‘सहकारी संस्थाका तर्फबाट संयुक्त रुपमा गरिएको आव्हानलाई वेवास्ता गरेमा थप कानुनी प्रक्रियाहरु अगाडि बढाउने निर्णय वैठकले गरेको छ ।’

वैठकमा ऋण असुली अभियान लगायत सहकारीहरुबीच सहकार्य र समन्वयका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, नेफ्स्कुनका निवर्तमान सञ्चालक तथा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डी प्रसाद शर्मा र प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल (कुमार) ले सहजीकरण गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षतामा सम्पन्न वैठकमा स्वागत उपाध्यक्ष पिंगला खड्का जिसी र सञ्चालन सचिव तेज प्रसाद शर्माले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *