आदर्श अनलाइन, बागलुङ
विश्व वातावरण दिवसको अवसरमा बागलुङमा वक्तृत्वकता प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बागलुङको जुनियर/युवा रेडक्रस समितिको आयोजनामा वातावरण संरक्षणमा जुरेस/युरेसको भूमिका विषयक वक्तृत्वकता प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा २३ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । हाल बागलुङ जिल्लाभर ८० भन्दा वढि जुरेस र युरेस सक्रिय रहेको छ ।
उक्त वक्तृत्वकता प्रतियोगितामा यु.एस एकेडेमीका रोजी थापा प्रथम, अमर आदर्श मा.विका प्रान्जल पौडेल द्वितिय, कालिगण्डकी आवासीय मा.विका संगम क्षेत्री तृतिय तथा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका बिजया शर्मा र गुराँस विद्या सदनका सुहानी खत्रीले सान्तवना स्थान हासिल गर्नुभएको छ ।
प्रतियोगिताको उद्घाटन पछि बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले विद्यार्थीले वातावरण मात्र नभएर हरेक समस्याको वकालत गर्न सक्नु पर्छ तथा नेतृत्व र व्यक्तित्व विकासका लागि वक्तृत्वले क्षमता र आत्मबल बढाउन थप सहयोग पुगेको बताउनुभयो ।
उहाँले व्यक्तिगत होस वा प्राकृतिक विपद् पूर्व तयारी रहनु पर्ने बताउनुभयो । प्रजिअ सुवेदीले हरेक विपद् आइपर्दा जुरेस र युरेस सक्रिय हुन जरूरी रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग बागलुङका प्रमुख जयेन्द्र उपाध्याय, पुर्व उप-मन्त्री चुडामणी शर्मा, नेशनल प्यावसन बागलुङ नगरका अध्यक्ष निशान खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
‘हाम्रो भुमि, हाम्रो भविष्य’ नाराका साथ मनाईएको विश्व वातावरण दिवसका अबसरमा आयोजित कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यको अध्यक्षता, निवर्तमान सभापति जब्बर बहादुर लामिछानेको स्वागत तथा कोषाध्यक्ष तथा जुनियर/युवा रेडक्रस समिति संयोजक जीवननाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।