बाहिनीपति ट्रफीको उपाधि नारायणदल गण मुस्ताङलाई

आदर्श अनलाइन, बागलुङ

श्री नं २३ बाहिनी अड्डा बागलुङले आयोजना गरेको ‘बाहिनीपति ट्रफी प्रतियोगिता २०८१’ उपाधि नारायणदल गण मुस्ताङले जितेको छ ।

सामूहिक बिधातर्फका भलिवल, फुटवल, बास्केटबलमा प्रथम र एकल बिधातर्फ तेक्वान्दो, बक्सिङ्ग, एथलेटिक्स, पौडी खेलमा उत्कृष्ट अंक ल्याई समग्रमा प्रथम हुँदै नारायणदल गण मुस्ताङलले उपाधी हात पारेको हो ।

प्रतियोगिता अन्तर्गत फुटबल प्रतियोगिताको फाइनलमा श्रीमेहर गणका घोडावाधेसँग २–० गोल अन्तरले नारायणदल पराजित भएको छ ।

श्री नं २३ वाहिनी अड्डालेले जेठ १७ गतेबाट आयोजना गरेको विभिन्न विधाहरू भलिवल, फुटवल, बास्केटबल, तेक्वान्दो, बक्सिङ्ग, एथलेटिक्स, पौडी खेलमा खेलाडीहरुलाई सहभागी गराई उत्कृष्ट खेलाडी छनौट गरी श्री पश्चिम पृतना हेडक्वाटरमा असार २ गतेबाट सञ्चालन हुने पृतनापति ट्रफि ‘२०८१’ मा सहभागी हुन पठाउने श्री नं २३ वाहिनी अड्डाले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम तथा द्वितीय हुने खेलाडीहरु, वाहिनीपति ट्रफ्रि–२०८१ मा सर्वोत्कृष्ट हुनेलाई बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र बाहिनीपति सहायक रथी जगतबहादुर पौडेल लगाएतले वाहिनीपति ट्रफी, मेडल, प्रमाणपत्र तथा प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा सामूहिक तथा एकल बिधातर्फ गरी २४७ जना खेलाडीहरु सहभागी भएकोमा पृतनापति ट्रफि प्रतियोगिताको सामूहिक तथा एकल बिधातर्फ १८५ जना खेलाडीहरु छनौट हुन सफल भएका छन् ।

प्रतियोगितामा पर्वतबाट नयाँ रणभीम गुल्म, म्याग्दीबाट शत्रुभन्जन गुल्म, मुस्ताङबाट नारायण दल गण र बागलुङबाट श्रीमेयर गण गरी चार वटा गण तथा गुल्महरूबिच प्रतिस्पर्धा भएको थियो । भलिबलतर्फ चार वटा गण तथा गुल्महरूका साथै २३ नम्बर बाहिनी गरी ५ समुहले भाग लिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *